दल

मिटरब्याज-लघुवित्त पीडितहरूलाई बिनासर्त रिहाइ गर्न सरकारसँग एमालेको माग

इकागज |
फागुन १६, २०८० बुधबार १८:१० बजे

काठमाडौँ- नेकपा एमालेले संसद् भवन प्रवेश गरेर आन्दोलन गर्ने मिटरब्याज-लघुवित्त पीडितहरूलाई बिनासर्त रिहाइ गर्न सरकारसँग माग गरेको छ ।

बुधबार एमाले संसदीय दलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्दै सरकारको सुरक्षा कमजोरीका कारण मिटरब्याज-लघुवित्त पीडितहरू संसद् भवन प्रवेश गरेको भन्दै उनीहरूलाई बिनासर्त रिहाइ गर्दै मुद्दा नचलाउन माग गरेको हो । ४८ जना महिला र एक जना पुरुष आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ ।


त्यस्तै एमालेले सुरक्षा कमजोरी गर्नेलाई कारबाही गर्न माग गरेको छ भने मिटरब्याज-लघुवित्त पीडितको माग सम्बोधन गर्ने सुनिश्चितता गर्न समेत माग गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । त्यस्तै बानेश्वर र सिंहदरबार वरिपरि फुटपाटमा सर्वसाधारणलाई हिँड्न समेत रोक लगाएर तारबार लगाएको भन्दै यस्तो काम बन्द गर्न माग गरेको उनले बताए ।

जवाफमा गृहमन्त्रीले मिटरब्याज-लघुवित्त पीडितहरूको बिनासर्त रिहाइ र मुद्दा नचलाउने गरी सहजीकरण गर्ने र मिटरब्याज-लघुवित्त पीडितको माग सम्बोधन हुने गरी वार्तामा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको बर्तौलाले बताए । 


Author

थप समाचार
x