दल

राजेन्द्र महतोले अलग गतिविधि गरेपछि लोसपाले बोलायो केन्द्रीय समिति बैठक

इकागज |
फागुन १६, २०८० बुधबार १५:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- वरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिविधि गर्न थालेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक डाकेको छ । जसअनुसार लोसपा नेपालले महोत्तरीको बर्दिबासमा फागुन २७-२९ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको हो ।

लोसपाबाट वरिष्ठ नेता महतोलगायतका नेताहरू अलग भएपछिको स्थिति टुंगो लगाउनेबारे सो बैठकमा छलफल हुनेछ ।


महतोले राष्ट्रिय मुक्ति आन्दोलनको नाममा अलग प्रशिक्षण र माइतिघर बानेश्वर क्षेत्र निषेधित क्षेत्र तोड्ने कार्यक्रम सुरु गरेपछि अध्यक्ष महन्थ ठाकुरले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका हुन् ।


Author

थप समाचार
x