एकीकृत समाजवादीले बोलायो दस्ताबेज मस्यौदा समितिको बैठक

इकागज | फागुन १४, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशनको दस्तावेश मस्यौदा गर्न दस्ताबेज मस्यौदा समितिको बैठक आह्वान गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको सचिवालय बैठकले मंगलबार र बुधबार दस्ताबेज मस्यौदा समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो । बैठकमा पार्टीको दस्तावेश मस्यौदाका साथै राजनीतिक विषयहरूमा पनि छलफल गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै सोमबार नै बसेको समाजवादी मोर्चाको बैठकको निर्णयबारे जानकारी गराउँदै उनले चैत ३ गते काठमाडौँमा नेपाली विशेषताको समाजवाद नामक कार्यक्रम आयोजना गर्ने बताए । त्यस्तै समाजवादी मोर्चा नेपालको प्रकाशन गरिने उनले जानकारी दिए ।

मोर्चाले सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको भन्दै उनले एमालेसँग पनि यस विषयमा छलफल गर्न सकिने जिकिर गरे ।

समाजवादीले आफ्ना पार्टीमा समाहित भएको बासु दुलालको नेतृत्वको स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चालाई स्वागत गरेको छ ।

राजेन्द्र महतोले छाडे लोसपा, राष्ट्रिय मुक्ति क्रान्ति अभियान घोषणा

इकागज | फागुन १४, २०८०

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुराष्ट्रिय राज्य स्थापनाका...

विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहन्छ : ओली

इकागज | फागुन १३, २०८०

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो...

माओवादीका माधव सापकोटालाई बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव

इकागज | फागुन १३, २०८०

काठमाडौँ- राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई ...

प्रतिपक्षले संसदमा उठाएका विषयलाई सरकारले उपेक्षा गर्‍यो : प्रमुख सचेतक गिरी

इकागज | फागुन १३, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न पुन: ध्यानाकर्षण ...

राप्रपालाई कटाक्ष गरेका सापकोटालाई शाहीको जवाफ- हत्या र हिंसा गरेर आएको हो र राजीनामा दिन ?

इकागज | फागुन १३, २०८०

काठमाडौं - प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप चलेको छ । आइतबार बसेको प्रतिनि...

माओवादी स्थायी समिति बैठक बस्दै, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी

इकागज | फागुन १३, २०८०

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्प...

कम्युनिस्ट आन्दोलनको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्छ : मोहन वैद्य

इकागज | फागुन १२, २०८०

काठमाडौँ- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको सं...