मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो छ : लिङ्देन

इकागज | माघ १३, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका छन् ।

नेपाल प्राज्ञिक परिषदले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले अहिलेको व्यवस्थाका कारण मुलुक अप्ठेरो अवस्थामा रहेको भन्दै मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका हुन् ।

राप्रपाको धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता खारेजीको माग मुलुकलाई पछाउने विषय नभएको भन्दै उनले हिजो र आजका राम्रा कुरालाई लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे । उनले माओवादीदेखि राजासम्म सबै रहने व्यवस्था आउनुपर्ने धारणा राखे ।

उनले सत्ता टिकाउनका लागि विदेशीसामु लम्पसार पर्ने, दूतावासहरूलाई करोडौं खर्च दिने लगायतका कामले गणतन्त्रको १५ वर्ष नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काममा प्रयोग भएको तर्क गरे ।

लिङ्देनले आफ्ना मागहरूलाई पूरा गर्नका लागि राप्रपाले छिट्टै आन्दोलन गर्ने र आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे । 

डिल्लीबजार जेलमा पूर्व जनमुक्ति सेना कमाण्डरलाई भेटेर बाबुराम पुगे प्रधानमन्त्रीकाेमा

इकागज | माघ १३, २०८०

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हाल जेलमा रहेका पूर्व जनमुक्ति सेनाका ...

सभापति लामिछाने भारतमा, कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई

इकागज | माघ १३, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत गएका छन् । सभापति रवि लामिछाने दुई दिनसम्...

कांग्रेस महामन्त्री थापाको संवाद यात्रा भोलिदेखि झापाबाट सुरु हुने

इकागज | माघ १२, २०८०

झापा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघ १३ गते (भोलि) देखि झापाबाट संवाद यात्रा सुरु गर्ने भ...

ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोश : काम तपाईं बिगार्ने, गाली हामीले खाने ?

इकागज | माघ १२, २०८०

रोल्पा- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तल...