गलतविरुद्ध विद्रोह र असहमति जरुरी छ : शेखर कोइराला

इकागज | माघ ९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गलत कामका विरुद्ध विद्रोह र असहमति जरुरी रहेको बताएका छन् । कृष्णप्रसाद कोइराला स्मृति परिषदले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेताहरू वा शासकहरूले गलत गरिरहेका छन् भने बीपी कोइरालाले भनेजस्तो विद्रोह र असहमति राख्नुपर्ने बताएका हुन् ।

कृष्णप्रसाद कोइरालालाई स्मरण गर्दै उनले भने, ‘कृष्णप्रसाद कोइरालाले राणाकालमा चन्द्र शम्शेरलाई फाटेको दौरा सुरुवाल र टोपी पठाउनुभयो । त्यो असहमति वा विद्रोहको नमुना थियो । पैसा कमाएर मात्र नहुने रहेछ र समाजका लागि केही गर्नुपर्छ भन्ने सन्देश थियो । त्यसैले म भन्छु गलत गरिरहेका छौं भने असहमति र विद्रोह जरुरी छ ।’

२०६२–०६३ को जनआन्दोलन पनि तत्कालीन राजा ज्ञानेन्द्रको गलत कदमको प्रतिफल स्वरूप विद्रोह भएको उल्लेख गर्दै डा.कोइरालाले जनआन्दोलनबाट प्राप्त भएको संविधान र संघीय गणतन्त्रलाई जनताका घर घरमा पुर्याउन जरुरी रहेको बताए ।

‘संघीयता शासन व्यवस्था भनेको केन्द्रीकृत शासन चलाउनु होइन । संघीयता वा संविधानले दिएको अधिकार जनताको घर घरमा पुर्याउनुपर्छ भनेको हो । सुशासन कायम गर्नुपर्छ भनेको हो । तर, नेपालमा त भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै छ । जवाफदेयी कोही छैन, पारदर्शी छैन,’ कोइरालाले अगाडि भने, ‘लोकतन्त्र गणतन्त्र राम्रो छ भनेर मात्र हुँदैन । गणतन्त्रलाई राम्रो बनाउन चाहीं सक्नुपर्छ ।’

आर्थिक, सामाजिक, धार्मिक सबै कुरा ठीक ढंगले नसकेको औंल्याउँदै डा.कोइरालाले सरकारले विकासको गति दिन नसकेको बताए । बैंकहरूको व्यवहार र विकासको गति ठीक नभएकोप्रति उनको आक्रोश थियो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मान २०८०’ प्रदान गरिएको थियो । कार्यक्रममा मोरङ कांग्रेसका कार्यवाहक सभापति भक्ती माझी, विराटनगर महानगरका मेयर नागेश कोइराला, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य महेश रेग्मी, प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, डिएलएका निवर्तमान अध्यक्ष योगेन्द्र अधिकारी, अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सका महासचिव नरेश श्रेष्ठ, परिषदका अध्यक्ष कविराज न्यौपानेलगायत उपस्थित थिए ।

एक्ला एक्लै आन्दोलन गर्नु भन्दा मोर्चाबन्दीमा गए सफल भइन्छ : कमल थापा

इकागज | माघ ९, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम भ्रष्ट व्यवस्थाको अन्त्यको निमित्त आन्दोलनको...

कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार छौं : अध्यक्ष लिङ्देन

इकागज | माघ ९, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको...

एमालेद्वारा मध्यपहाडी क्षेत्रका सात सय ५१ योजना र माग सरकारसमक्ष प्रस्तुत

इकागज | माघ ९, २०८०

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्...

मधेस कृषि विश्वविद्यालयको सपना पूरा भएकोमा खुसी लागेको छ : अध्यक्ष यादव

इकागज | माघ ८, २०८०

राजविराज (सप्तरी)- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि मधेस कृषि विश्ववि...

मेरो खातामा चेक जम्मा गर्न भौचर भरियो पैसा जम्मा भएन : लामिछाने

इकागज | माघ ८, २०८०

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा पैसा जम्मा नभएको...

गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है : रवि लामिछाने

इकागज | माघ ८, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोपबारे पत्रकार सम्...