सरकारले विभिन्न देशसँग गरेका सन्धि-सम्झौताको दस्तावेज माग गर्ने नेकपा एसको निर्णय

इकागज | माघ १, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले नेपाल सरकारले विभिन्न देशसँग गरेका सन्धि-सम्झौताको दस्तावेज माग गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको सचिवालय बैठकले हालै नेपाल र भारतबीच भएको सहमति र सम्झौताका बारेमा विभिन्न कोणबाट छलफल भइरहेको अवस्थामा सरकारले विभिन्न देशसँग गरेको सम्झौता सहमतिलगायतका दस्तावेज माग गरी अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सरकारमा रहेर गरेका कामकारबाहीको विवरण पार्टीलाई बुझाउन निर्देशन दिएको छ भने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउनका लागि सबैलाई एकजुट भएर लाग्न आह्वान गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

बैठकले पार्टीको महाधिवेशनका सन्दर्भमा तयार गरिने मस्यौदा राजनीतिक प्रतिवेदनका सन्दर्भमा छलफल गर्न माघ ८ गते राजनीतिक मस्यौदा समितिको बैठक बस्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।

 

देशलाई विकासतर्फ लान धेरै दल होइन बलियो राष्ट्रिय शक्ति चाहिन्छ : शंकर पोखरेल

इकागज | पुस २९, २०८०

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई स्थिरता र विकासतर्फ लैजाने हो भने धेरै दल ह...

सत्तारूढ गठबन्धनको अपिल: राष्ट्रिय सभा निर्वाचनमा साझा १९ उम्मेदवारलाई मतदान गर्नू

इकागज | पुस २९, २०८०

काठमाडौं - सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न मतदाता...

नागरिक उन्मुक्ति पार्टीको संस्थापक अध्यक्ष श्रेष्ठ सह-अध्यक्षमा मनोनीत

इकागज | पुस २८, २०८०

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सह-अध्यक्षमा मनोनीत...

ठूला भनिएका दलहरूले संविधान र व्यवस्थाविरुद्धको काम गरे : रवि लामिछाने

इकागज | पुस २८, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला भनिएका दलहरूले संविधान र व्यवस्थाव...