दल

प्रभु साहको आजपाले माघ ११ गते मधेश बन्द गर्ने

इकागज |
पुस २८, २०८० शनिबार ११:५६ बजे

फाइल तस्बिर

रौतहट- आम जनता पार्टी (आजपा)ले आउँदो ११ माघमा मधेश बन्दको घोषणा गरेको छ ।

‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो । 


आजपा मधेश प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेश बन्दको घोषणा गरेको हो । विभिन्न माग गर्दै आजपाले यस अघि मधेश प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो । 

आजपाले सरकारसँग यथासिघ्र सम्बोधन गर्न आग्रह गरेको थियो । तर सरकारले आफूहरूको माग सम्बोधन गर्ने बिषयलाई गम्भिर रुपमा नलिएको भन्दै आजपाले आम हड्‌ताल गर्ने अवस्थामा पुगेको हो । 

आजपा मधेश प्रदेशका ईन्चार्ज सुधिर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई दबाब दिने उदेश्यले मधेश बन्दको घोषणा गरेको जनाएका छन् । 

‘हामी मागहरुको सम्बोधन गर्न निरन्तर आवाज उठाई रहेपनि सरकार गम्भिर नदेखिएको सन्दर्भमा बाध्य भई संघर्षको कार्यक्रम घोषणा गर्नु परेको छ’ आजपा मधेश प्रदेशका इन्चार्ज यादवले भने । 

आजपाले मधेश बन्द अघि १ देखि ९ माघसम्म जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने, १० माघमा मोटरसाइकल र्‍याली तथा सोही दिन साँझ मसाल जुलुस र ११ माघमा मधेश बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । 

यस अघि आजपाले १० माघमा मधेश बन्दसहित विभिन्न कार्यक्रम घोषणा गरेको भएपनि त्यसलाई परिमार्जन गर्दै ११ माघमा राष्ट्रिय सभाको निर्वाचनकै दिन मधेश बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम परिमार्जन गर्ने निर्णय गरेको हो ।

यसैगरी आजपाले वीरगञ्‍जमा विभिन्न राजनीति दलका प्रतिनिधि, पीडित, सरोकारवाला लगायतको सहभागितामा सर्वपक्षीय छलफल गरेको थियो ।

आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहको विशेष सहभागिता सो छलफल भएको थियो । यी बिषयमा आजपाले निरन्तर आवाज उठाउँदै आएको तर सरकारले कुनै सुनुवाई नगरेपछि बाध्य भएर आफुहरू आन्दोलनमा उत्रिनु परेको आजपा केन्द्रीय सदस्य एंव कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए ।


Author

थप समाचार
x