दल

सत्तारूढ गठबन्धनको अपिल: राष्ट्रिय सभा निर्वाचनमा साझा १९ उम्मेदवारलाई मतदान गर्नू

इकागज |
पुस २९, २०८० आइतबार १२:७ बजे

काठमाडौं - सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आव्हान गरेका छन् । आइतबार बिहान बसेको गठबन्धनको बैठकले १९ जना साझा उम्मेदवारको नाम सार्वजनिक गर्दै मतदान गर्न आव्हान गरेको हो । 

‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौं । देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो । देशको उन्नतिका लागि राजनीतिक स्थिरता पूर्व शर्त हो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि प्रतिबद्ध छौं र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतिज्ञा गर्दछौं,’ साझा अपिलमा नेताहरूले भनेका छन्, ‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न हुँदै छ । निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन्। राष्ट्रिय सभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् । यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चत गर्ने अवसर पनि हो । तसर्थ गठबन्धनका पक्षमा दृढता पूर्वक उभिन आवश्यक छ । हामी सम्पूर्ण मतदातालाई राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका देहाय बमोजिमका साझा उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन हार्दिक अपिल गर्दछौं ।’ 


नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले साझा अपिल जारी गर्दै गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न आव्हान गरेका हुन् । 

गठबन्धनको यी हुन् १९ उम्मेदवार : 

१. कृष्ण प्रसाद सिटौला, नेपाली कांग्रेस
२. चम्फादेवी कार्की, माओवादी केन्द्र
३. आनन्द प्रसाद ढुंगाना, नेपाली कांग्रेस 
४. पूजा चौधरी, जसपा
५. विष्णुदेवी पुडासैनी, नेपाली कांग्रेस
६. जीतजंग बस्नेत, नेपाली कांग्रेस
७. कृष्णप्रसाद अधिकारी, माओवादी केन्द्र
८. घनश्याम रिजाल, एकीकृत समाजवादी
९. मनरुपा शर्मा, माओवादी केन्द्र
१०. किरणबाबु श्रेष्ठ, नेपाली कांग्रेस
११. पदम बहादुर परियार, नेपाली कांग्रेस
१२. विष्णु कुमारी सापकोटा, नेपाली कांग्रेस
१३. झक्कु प्रसाद सुवेदी, माओवादी केन्द्र
१४. कृष्ण बहादुर रोकाया, नेपाली कांग्रेस
१५. सावित्री मल्ल, एकीकृत समाजवादी 
१६. विष्णुबहादुर विश्वकर्मा, माओवादी केन्द्र
१७. रेणु चन्द, माओवादी केन्द्र 
१८. बलदेव बोहरा, नेपाली कांग्रेस
१९. नारायणदत्त भट्ट, नेपाली कांग्रेस


 


Author

थप समाचार
x