कूटनीति

जापानका परराष्ट्रमन्त्री कामिकावा दिउँसो १ बजे नेपाल आइपुग्ने

इकागज |
बैशाख २३, २०८१ आइतबार ९:८ बजे

काठमाडौँ - जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज आउँदै छिन् । उनी दिउँसो १ बजे चार्टर फ्लाइटबाट नेपाल आइ पुग्ने छिन् । 

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । 


राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनी आजै जापान फर्कने मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x