कूटनीति

काठमाडौँ आइपुगिन् जापानकी विदेशमन्त्री योको

इकागज |
बैशाख २३, २०८१ आइतबार १२:४१ बजे

काठमाडौँ - जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । जापानी विदेशमन्त्री खामिखावा आइतबार बिहान काठमाडौँ आइपुगेकी हुन् ।

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनले आजै दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा सोही दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x