अध्यक्ष दाहालसमक्ष विधान मस्यौदा पेस

इकागज | पुस २७, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विधानको मस्यौदा पेस गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उपाध्यक्ष एवं समितिका संयोजक पम्फा भुसालसहितको टोलीले उक्त मस्यौदा पेस गरेको हो ।

माओवादीले यही पुस ५ गते उपाध्यक्ष भुसालको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो । समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिव गणेश साह र सुरेन्द्र कार्की रहेका थिए ।

मस्यौदा शनिबार बस्ने स्थायी समिति बैठकमा पेस हुने,  पार्टी स्थायी समितिमा छलफल हुने र स्थायी समितिको निर्णयानुसार तल्ला कमिटीमा छलफलका लागि लैजाने महासचिव गुरुङले जानकारी दिए ।

माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने तयारी गरेको छ । विधान सम्मेलन अघि स्थायी समिति र केन्द्रीय समिति बैठक बस्ने माओवादीले जनाएको छ । त्यस अवसरमा महासचिव गुरुङ, उपमहासचिवद्वय पोखेरेल र शर्मा तथा सचिव गणेश साह उपस्थिति थिए ।

जसपाको केन्द्रीय समितिले पारित गर्‍यो महाधिवेशनसम्बन्धी कार्यतालिका

इकागज | पुस २७, २०८०

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशनसम्बन्धी कार्यत...

२००४ सालदेखि नै नेपालको परिवर्तनमा महिलाको असाधारण योगदान छ : ओली

इकागज | पुस २७, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उ...

पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राखेर सबैको साझा बनाउनुपर्छ : रवि लामिछाने

इकागज | पुस २७, २०८०

काठमाडौँ- ​रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि र...

राष्ट्रिय स्तरबाटै राष्ट्रिय एकता दिवस मनाउनुपर्छः कमल थापा

इकागज | पुस २७, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय स्तरबाटै राष्ट्रिय एकता ...

राष्ट्रिय सभा निर्वाचन : राप्रपाका निरञ्जनकुमार थापाको उम्मेदवारी फिर्ता

इकागज | पुस २७, २०८०

काठमाडौं - राप्रपाका निरञ्जनकुमार थापाले राष्ट्रिय सभा सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । ...

आलोचित भएपछि सांसद भण्डारीले भनेः म दुःखी छु, कुनै पनि अपराधका हामी विरोधी हौं

इकागज | पुस २७, २०८०

काठमाडौँ-  नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले प्रविधिको विकाससँगै मानिसले नियन्त्रित...

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?

इकागज | पुस २७, २०८०

टीकापुर - नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ । ...

एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षडयन्त्र गर्‍यो : माधव नेपाल

इकागज | पुस २७, २०८०

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षडयन्त्र ग...