सिके राउतको आक्रोश : मन्त्री र सांसदलाई जति बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ?

इकागज | पुस १६, २०८०

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरूलाई रंग विभेद गरेको आरोप लगाएका छन् । सोमबार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष राउतले आफूहरूले निषेधित क्षेत्र नतोडेको बरू कला परिषदबाटै प्रहरीले आफूहरूलाई धरपकड गरेको बताए । उनले मन्त्री र सांसदलाई जुन कुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै प्रश्नसमेत गरे । उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद् र समितिमा प्रस्तावका रूपमा लैजाने बताए ।

उनले मधेसी मुलकी मन्त्री भएकै कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताए । उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ ? भन्दै प्रश्न गरे । मधेसी मुलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौती दिए ।

सरकारले केही नगर्दा पनि आफ्नै मन्त्री पक्राउ गर्न मिल्छ ? भन्दै प्रश्न गरे ।

 

माधव नेपालको टिप्पणी : बालकुमारी घटनामा मन्त्री ज्वाला सूचनाको अभावमा फस्न पुगे

इकागज | पुस १६, २०८०

काठमाडौँ- सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी...

शेखरले भने: कांग्रेसलाई पुरानै लयमा फर्काउन १५ औँ महाधिवेशनको मिति तोकौँ

इकागज | पुस १६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले १५ औँ महाधिवेशनको मिति तोक्न आग्रह गरे...

बाबुराम भट्टराईको प्रस्ताव–प्रमुख दलहरूको संयुक्त सरकार बनाऔँ

इकागज | पुस १६, २०८०

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख राजनीतिक दल...

मेलम्चीको पानी युद्धस्तरमा काठमाडौंवासीलाई वितरण गरियोस्ः झलनाथ खनाल

इकागज | पुस १६, २०८०

काठमाडौँ - पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौंवासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गर...

विदेश गइ परिवार पाल्छु भन्ने दुई युवालाई गृह प्रशासनले हत्या गर्‍योः रवि लामिछाने

इकागज | पुस १६, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गइ कमाएर पर...

बालकुमारी घटनामा मन्त्री ज्वालाको स्पष्टोक्ति: सडक अवरोध भएको कुरा सुरक्षा निकायले जानकारी गराएन

इकागज | पुस १६, २०८०

काठमाडौँ -  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूल...

युवाहरूको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्‍ने खेल भइरहेको छ : अध्यक्ष केसी

इकागज | पुस १६, २०८०

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरूको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा...

मन्त्री प्रकाश ज्वालाको लापरबाहीले बालकुमारीमा घटना भयो : गगन थापा

इकागज | पुस १६, २०८०

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्र...