‘प्रधानमन्त्री मन्त्रिमण्डल पुनःगठनको तयारीमा हुनुहुन्छ’

इकागज | पुस १७, २०८०

काठमाडौँ - सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिमण्डल पुनः गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेका छन् । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले पुनः गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताए । उनले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको बताए । 

उनले भने,  ‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनःगठनका लागि तयारी गर्दैछु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ । तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा मन्त्रीहरूको कामलाई अघि बढाउनुपर्छ, सिंगो मन्त्री परिषद्को कामलाई प्रभावकारी बनाउनुपर्छ भन्ने छ । तर ठोस समीक्षा भएको छैन । उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ । त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुंगोमा पुग्छ ।’

प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको भनाइपछि छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताए । 

राष्ट्रिय सभा निर्वाचनः  सिट भागबण्डा गर्न कांग्रेस माओवादीबीच छलफल

इकागज | पुस १७, २०८०

काठमाडौं - सत्तारुढ माओवादी केन्द्र र कांग्रेसबीच आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको सिट भागबन्डा गर्ने वि...

जनताले आफ्ना प्रतिनिधिबाट विकास निर्माणको अपेक्षा गरेका हुन्छन्, यसलाई अन्यथा सोच्‍नु हुँदैन : सांसद यादव

इकागज | पुस १७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामक...

नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका फेरिएन : महामन्त्री थापा

इकागज | पुस १६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि ...

जघन्य अपराधलाई माफी दिने गरी सरकारले विधेयक ल्यायो : प्रमुख सचेतक गिरी

इकागज | पुस १६, २०८०

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जघन्य अप...

बालकुमारी घटनामा प्रधानमन्त्रीको अनुमान : लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन

इकागज | पुस १६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लो...

नेपालमा लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्रै हो : देउवा

इकागज | पुस १६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको...

सिके राउतसहित सबै रिहा

इकागज | पुस १६, २०८०

काठमाडौँ - निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सिक...

कांग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न मन लागेन : ओली

इकागज | पुस १६, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ कांग्रेस...