ईश्वर पोखरेलको आरोप : गठबन्धनले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई धूमिल बनाउने काम गर्‍यो

इकागज | पुस २१, २०८०

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई गठबन्धनले धूमिल बनाउने काम गरेको आरोप लगाएका छन् ।

शनिबार ललितपुरमा राष्ट्रिय जनसांस्कृतिक महासंघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पोखरेलले एमाले राष्ट्रिय स्वाभिमान र विकासको स्पष्ट दृष्टिकोणको साथ अघि बढे पनि गठबन्धनले यसलाई धूमिल बनाउने काम गरेको आरोप लगाएका हुन् ।

प्रमुख प्रतिपक्षी दलसँग कुनै सल्लाह नगरी भारतका विदेश मन्त्री नेपाल आउँदा सरकारले गोप्य सम्झौता गरेको र यसलाई एमालेले गम्भीर रूपमा लिएको उनले बताए  । सम्झौताका नाममा राष्ट्रिय स्वाधीनतामा आँच आउने काम सरकारले गरेको पोखरेलको भनाइ छ ।

उनले सामाजिक सद्भाव विकास गर्नुपर्छ भन्ने एमालेको मान्यतामा आँच पुर्याउने काम गठबन्धनको तर्फबाट भएको समेत बताए ।

पोखरेलले भू-राजनीतिक संवेदनशीलताका कारण नेपाल धेरै किसिमका संकट झेल्न बाध्य बनेको बताए । सबै राष्ट्रिय शक्तिलाई गोलबद्ध गर्नु आजको आवश्यकता रहेको उनले बताए । 

एकीकृत समाजवादीमा राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा माधव नेपालसहित ३ नेतालाई

इकागज | पुस २१, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारलगायतका विषयमा निर्णय गर्न पार्टी...

सत्तारूढ दलले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने

इकागज | पुस २१, २०८०

काठमाडौँ- सत्तारूढ दलले राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको छ । प्रधानम...

राष्ट्रियसभा निर्वाचन : आजै साँझ सिट बाँडफाँट गर्दै सत्ता गठबन्धन

इकागज | पुस २१, २०८०

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनमा कुन दललाई कति स्थान दिने निष्कर्ष आज साँझ हुने सत्तारूढ दलको बैठक...

मुलुकको संकट समाधान गर्न सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्छ : माधव नेपाल

इकागज | पुस २०, २०८०

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको संकट समाधान ग...