राजनीतिक हस्तक्षेप रहेसम्म विश्वविद्यालयमा सुधार हुँदैन : डा.शेखर

इकागज | पुस १९, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताएका छन् । 

सुनकोशी इन्द्रावती समाजद्वारा आज बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित ‘सम्मान एवं प्रमाणपत्र वितरण’ कार्यक्रममा उनले विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप त्याग्नुपर्नेमा जोड दिए । “हामीले अहिले मुलुकमा १७ विश्वविद्यालय खोल्यौँ भनेर गर्व गछौँ तर उक्त विश्वविद्यालयमा विद्यार्थी छन् कि छैनन् भनेर सोच्नुपर्ने बेला आएको छ”, उनले भने । 

नयाँ सोच लिएर अगाडि बढ्न नसके सबै विश्वविद्यालय धरापमा पर्ने अवस्था आएको उनको भनाइ छ । उनले त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय मान्यता र गुणस्तरीय शिक्षा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । 


उनले देशलाई विकास गर्दै मुलुकमा रोजगारी सिर्जना गर्नका लागि अहिलेको अवस्थामा समयसापेक्ष शिक्षा कस्तो बनाउने भन्ने कुरामा सरकारले विचार पुर्याउनुपर्ने बताए । 'के कुरामा विद्यार्थीको लगाव छ र राष्ट्रले के चाहेको छ सोहीअनुसारको शिक्षा प्रदान गर्नुपर्छ', उनले भने । 

नेता डा कोइरालाले गत वर्षमात्र नेपालबाट विदेशमा अध्ययन गर्नका लागि एक लाख २७ हजार विद्यार्थी विभिन्न मुलुकमा गएको भन्दै तिनीहरूलाई नेपालमै बस्ने व्यवस्था मिलाउन नसकिएकामा चिन्ता व्यक्त गरे । जिल्ला–जिल्लामा मेडिकल कलेज खोल्ने कुरा सम्भव नभएको उनको भनाइ थियो ।

राष्ट्रयसभामा सत्तापक्ष र प्रतिपक्षको गठबन्धन अलोकतान्त्रिक चरित्र :  कांग्रेस नेता महर

इकागज | पुस १९, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रति...

राष्ट्रियसभा निर्वाचन : भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

इकागज | पुस १९, २०८०

काठमाडौँ- राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । बिहीबार बिहान ९ बजे प्रध...

राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन सकेन : गगन थापा

इकागज | पुस १८, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको...

प्रधानमन्त्रीलाई कांग्रेस नेता घिमिरेको प्रश्न : तपाईंलाई सत्ता सुखका लागि जिताएको कि जनताको जीवनलाई सहज बनाउन ?

इकागज | पुस १८, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको नेता गुरूराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तपाईंलाई ...

अहिलेको व्यवस्था असफल भयो, जनआन्दोलनको तयारी गरौं : कमल थापा

इकागज | पुस १७, २०८०

बर्दीबास - राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतान्त्रिक व्यवस्था असफल भएको भन्द...

रिसोर्ट खोल्न अनुमत्ति नदिएको भन्दै सांसद खड्का आक्रोशित, मन्त्रालयमै अनसन बस्ने धम्की

इकागज | पुस १७, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो लगानीमा खोल्न लागेको रिसोर्टलाई अनुमति नदिए...