मुलुकलाई आर्थिक संकटमा लैजाने मठाधीशलाई कारबाही गर्नुपर्छ : प्रभु साह

इकागज | पुस १५, २०८०

वीरगंज- आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरूका कारण देश असफल भई आर्थिक संकट गहिरिँदै गएको बताएका छन् । 

आजपाद्वारा पर्साको पोखरियामा आज आयोजित पार्टी प्रवेश एवं कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिरिँदै गएका कारण विभिन्न समस्या देखा परेको बताएका हुन् । 

'कांग्रेस, माओवादी, एमाले लगायत दलका नेताहरू सत्ता प्राप्तिको दौडमा हुनुहुन्छ । समृद्धि, सुशासन कसरी कायम गर्न सकिन्छ, नेपाली जनताका चाहना कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा सोच्ने उहाँहरूलाई फुर्सद छैन,' अध्यक्ष साहले भने, 'सत्तामा कसरी पुग्ने, सरकार बनाउने र ढाल्ने खेलमा लागेका नेताहरूले रोजगार सृजना गर्न सकेनन् । त्यसैले आज बेरोजगारी बढेको छ । भ्रष्टाचार, कुशासन बढेको छ । देशमा आर्थिक संकट गहिरिँदै गएको छ । रोजगार खोजिरहेका युवालाई सरकारले रोजगार दिन सकिरहेको छैन । रोजगारका लागि विदेश जान्छु भन्ने युवाहरूलाई सरकारले गोली हानेर हत्या गर्ने दृश्य हामी देखिरहेका छौं ।' 

यी नेताहरूको सत्ता मोहकै कारण यो व्यवस्था असफल भएको बताउँदै उनले समृद्ध नेपाल निर्माणका लागी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जानुको विकल्प नभएको बताए । 

यो सरकार, दल तथा दलका मठाधीशहरू असफल भइसकेको बताउँदै अध्यक्ष साहले यो सरकार विघटन गरि अन्तरिम सरकार गठन गरेर देशलाई निकास र विकास दिएर मुलुक समृद्ध बनाउन सकिने बताए । 

एक अर्को प्रसंगमा आजपा अध्यक्ष साहले वीरगंजसहित पूरै मधेसलाई उजाड बनाउने काम उपेन्द्र यादवले गरेको बताउँदै उपेन्द्रलाई मधेसबाट बहिष्कार गरी दण्डित गर्नुपर्ने भनाइ राखे । 

देशकै आर्थिक राजधानी रहेको वीरगंजसहित मधेसलाई तहसनहस गर्दै बर्बाद गरेर उजाड बनाउने काम उपेन्द्रले गरेको उनले बताए । 

दलितका आवास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात सबै क्षेत्रमा कुनै एउटा राम्रो काम गर्न नसक्नेहरू सत्तामा बसेर लुट मचाइरहको आरोप साहले लगाए । संघीय सरकारसहित मधेश प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउँदै उनले सुशासन, समृद्धिका लागि भ्रष्टाचारका विरुद्धमा सशक्त आवाज उठाउनुपर्ने बताए । 

बैंकहरूले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरूबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने लगायतका विषयमा आजपाले आवाज उठाउँदै आएको छ । यसलाई पूरा गराउन आजपाले घोषणा गरेको माघ १० गतेको मधेस बन्दको कार्यक्रमलाई सफल बनाउन आह्वान गरिएको छ ।

सरकारले संघीयतासम्बन्धी कानुन तत्काल निर्माण गर्छ : कांग्रेस

इकागज | पुस १५, २०८०

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसले संघीयतासँग सम्बन्धित कानुनहरू तत्काल निर्माण गर्न सरकारसँग माग गरेक...

बालकुमारी घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्छ : कांग्रेस

इकागज | पुस १५, २०८०

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले बालकुमारी घटनामा छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति...

बुधबारसम्म राष्ट्रिय सभा उम्मेदवार सिफारिस गर्न प्रदेश समितिलाई राप्रपाको निर्देशन

इकागज | पुस १५, २०८०

काठमाडौँ- राप्रपाले आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न प्रदेश का...

राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउन कांग्रेस युवा नेताहरुको सभापतिलाई ध्यानाकर्षण

इकागज | पुस १५, २०८०

काठमाडौँ - नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्यहरूले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयनमा पार्टी...

चन्द, थापा र लोहनी एउटै मञ्चमा, राष्ट्रवादी शक्ति एकै ठाउँमा आउनुपर्नेमा जोड

इकागज | पुस १४, २०८०

काठमाडौँ- स्वर्गीय राजा वीरेन्द्रको ७९ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहाद...

नेपाललाई दश वर्षभित्र एशियाकै समृद्ध मुलुक बनाउन सकिन्छ : नेता कार्की

इकागज | पुस १४, २०८०

लेखनाथ- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इमान्दार भएर काम गरे नेपाललाई १...

कांग्रेस केन्द्रीय समिति बैठक : राष्ट्रिय सभा सदस्य उम्मेदवारका मापदण्ड तोक्ने

इकागज | पुस १४, २०८०

काठमाडौँ- नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि मापदण्ड बनाएको छ । बिहीबारबाट सुरु भए...

'जवाफ चाहियो सरकार'

इकागज | पुस १४, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई विभिन्न १० प्रश्न गरेका छन् । ...