'यो भ्रष्ट राज्यले रोजगारी त दिएन, उल्टा छातीमा गोली ठोक्यो !'

इकागज | पुस १४, २०८०

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले बालकुमारी घटनामा दुई युवाले ज्यान गुमाएको प्रति सरकारको आलोचना गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमा एक पाेष्ट गर्दै भ्रष्ट राज्यले रोजगारी नदिएर उल्टै छातीमा गोली ठोकेको टिप्पणी गरेका हुन् । उनले भनेका छन्, 'यो भ्रष्ट राज्यले रोजगारी त दिएन, उल्टा छातीमा गोली ठोक्यो !'

उनले अङ्गप्रत्यङ्ग बिकेका भ्रष्ट राज्यले युवालाई शिक्षा, स्वास्थ्य सेवा र रोजगारी नदिएको उल्लेख गरे । बा-आमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमीसनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा वसूल गर्न अवरोध खडा गरी छातीमा गोली ठोकिदिएको उनको टिप्पणी गरेका छन् । 

 'अङ्गप्रत्यङ्ग बिकेका यो भ्रष्ट राज्यले युवालाई शिक्षा दिएन, स्वास्थ्य सेवा दिएन,  रोजगारी दिएन। बा-आमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमिशनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा वसूल गर्न अवरोध खडा गर्यो र छातीमा गोली ठोकिदियो,' उनले भने । 

यस्तै अध्यक्ष राउतले मृतकहरू दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी गाउँपालिका–१ का २३ वर्षीय वीरेन्द्र शाहप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् । 

 

चन्द्र भण्डारीको प्रश्न : यो देश कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो ?

इकागज | पुस १४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति आ...

गगनको चेतावनी : राम्रो काम गर्न नसके प्रचण्डलाई खुमलटार पठाउने हैसियत कांग्रेससँग छ

इकागज | पुस १४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके...

गोकुल बास्कोटाको सरकारलाई प्रश्न: काम गर्न विदेश जान पाऊ भन्ने युवालाई किन गोली ठोकेको ?

इकागज | पुस १४, २०८०

काठमाडौँ - पूर्व मन्त्री तथा नेकपा एमालेका नेता गोकुल प्रसाद बास्कोटाले युवाहरूलाई स्वदेशमै रोजगारी सृज...

नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार हुँदैन : भट्टराई

इकागज | पुस १३, २०८०

काठमाडौँ- पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम पब्लिक ...

सरकारलाई नेकपा एसको चेतावनी : गोली हानेर समस्याको समाधान निकाल्ने जमाना गइसक्यो

इकागज | पुस १३, २०८०

काठमाडौँ- सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएको ...

एकीकृत समाजवादीको केन्द्रीय समितिमा उमेर हदबारे आज पनि नेताहरुले धारणा राख्ने

इकागज | पुस १३, २०८०

काठमाडौं - नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ । गत बुधबार देखि सुर...