दल

सरकारले विभिन्न देशसँग गरेका सन्धि-सम्झौताको दस्तावेज माग गर्ने नेकपा एसको निर्णय

इकागज |
माघ १, २०८० सोमबार १८:१८ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले नेपाल सरकारले विभिन्न देशसँग गरेका सन्धि-सम्झौताको दस्तावेज माग गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको सचिवालय बैठकले हालै नेपाल र भारतबीच भएको सहमति र सम्झौताका बारेमा विभिन्न कोणबाट छलफल भइरहेको अवस्थामा सरकारले विभिन्न देशसँग गरेको सम्झौता सहमतिलगायतका दस्तावेज माग गरी अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।


बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सरकारमा रहेर गरेका कामकारबाहीको विवरण पार्टीलाई बुझाउन निर्देशन दिएको छ भने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउनका लागि सबैलाई एकजुट भएर लाग्न आह्वान गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

बैठकले पार्टीको महाधिवेशनका सन्दर्भमा तयार गरिने मस्यौदा राजनीतिक प्रतिवेदनका सन्दर्भमा छलफल गर्न माघ ८ गते राजनीतिक मस्यौदा समितिको बैठक बस्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।

 


Author

थप समाचार
x