कोशी सरकारले नेताहरूको सेवासुविधा थप गर्ने कुराले पीडाबोध गरायो : शेखर कोइराला

इकागज | माघ १६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारले नेताहरूको सेवासुविधा थप्ने गरी ल्याएको अध्यादेशको विरोध गरेका छन् । 

मंगलबार विराटनगर महानगरपालिका वडा नं. ७ मा समुदायमा कांग्रेस अभियानको सुरुवात गर्दै कोइरालाले मुलुकको आर्थिक अवस्था जर्जर भइरहेको बेला नेताहरूलाई सेवासुविधा थप्ने भन्दा पनि घटाउनुपर्ने बताए । नेता कोइरालाले मुलुकको अर्थतन्त्र चरम संकटमा परेका कारण कतिपय उद्योगधन्दा, कलकारखाना तथा संस्थाहरू बन्द हुने अवस्थामा पुगेको बेला सांसदहरूलाई सेवासुविधा थप गर्ने कुराले पीडाबोध गराएको बताए ।

उनले मुलुकको आर्थिक अवस्थाबारे सबै राजनैतिक दलहरू संवेदनशील बन्नुपर्ने बताउँदै मुलुकमा आर्थिक संकटका साथै आर्थिक अपराध पनि बढ्दै गएको धारणा राखे ।

कोइरालाले मुलुकको प्रधानमन्त्रीबाटै ३ हजार सहिद थप्ने कार्यले सहिदहरूको अवमूल्यन हुने जिकिर गरे । कार्यक्रममा सहभागीहरूले नेपाली कांग्रेसले आफ्नो सिद्धान्तलाई व्यवहारमा परिणत गर्न नसकेको गुनासो गरेका थिए । उनीहरूले स्थानीय समस्याहरू समाधान गर्न अनुरोध गर्दै कांग्रेसलाई आफ्नो कमीकमजोरी सच्याएर हिँड्न आग्रह समेत गरेका थिए । 

गृहमन्त्रीले चाहेको भए सहकारी पीडितको समस्या समाधान भइसक्थ्यो : रवि लामिछाने

इकागज | माघ १६, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संगठित रूपमा आफूलाई घेराबन्दीमा पार्ने षडयन्त्...

लोकतान्त्रिक पद्धतिमा मात्र वैयक्तिक स्वतन्त्रताको रक्षा हुन्छ : सभापति देउवा

इकागज | माघ १६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्य...

नार्कका निर्देशक नियुक्तिबारे छानबिन गर्न रास्वपा सांसदको माग

इकागज | माघ १५, २०८०

​काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद बिनिता कठायतले कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यक...

कांग्रेसका पुराना र परम्परागत गुट भत्काउनै पर्छ : महामन्त्री शर्मा

इकागज | माघ १५, २०८०

झापा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले आफू पार्टीका पुराना र परम्परागत गुट भत्काउने ...