दल

माओवादी केन्द्रीय समिति बैठक बस्दै

इकागज |
माघ २८, २०८० आइतबार ६:३६ बजे

काठमाडौं - नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ ।

विधान अधिवेशन अघि बसेको स्थायी समिति बैठक सम्पन्न भए पछि केन्द्रीय समिति बैठक बोलाइएको हो । 


माओवादीको विधान अधिवेशन यही फागुन १–३ गते काठमाडौंमा हुँदैछ ।  

सो सम्मेलनमा प्रस्तुत हुने विधानका बारेमा प्रारम्भिक छलफलका लागि गत शुक्रबार र शनिबार २ दिन स्थायी समिति बैठक बसेको थियो ।

सो बैठकमा केन्द्रीय समितिको आकार घटाएर १ सय ५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिइएको छ ।

आजको केन्द्रीय समिति बैठक पार्टीको विशेष रुपान्तरण अभियानको समीक्षामा केन्द्रित हुने पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नी प्रसाद सापकोटाले जानकारी दिएका छन ।


Author

थप समाचार
x