माओवादीको विधान अधिवेशन आज पनि, समूहगत छलफलपछि अन्तिम रूप दिइने

इकागज | फागुन २, २०८०

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ । 

पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो उद्‌घाटन गरेको सो अधिवेशनमा आज २० वटा समुहले आआफ्नो प्रस्तुति दिनेछन् । 
 
महासचिव देवप्रसाद गुरुङले हिजो गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसकेपछि आज प्रस्तुतिकरण हुन लागेको बताए । अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकेका छन् ।

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।

जनताका लागि नभइ नेताहरूका लागि मात्रै लोकतन्त्र आएको महसुस भएको छ : कोइराला

इकागज | फागुन १, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक ...

प्रचण्ड र देउवा संक्रमणकालीन न्यायलाई टुंग्याउने पक्षमा नै छैनन् : ओली

इकागज | फागुन १, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई पीडितमैत्री बनाएर टुङ्गो लगाउनुपर्...

जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन प्रचण्डको अपिल​

इकागज | फागुन १, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनयुद्धमा यो...

जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्  : प्रधानमन्त्री प्रचण्ड

इकागज | फागुन १, २०८०

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&...