मधेश प्रदेश सभाको रिक्त समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालले मधेश प्रदेश सभामा खाली रहेको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो ।

समानुपातिक सांसद  विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै जसपा नेता प्रकाश अधिकारीले बैठकले मधेश प्रदेश सभामा रिक्त समानुपातिक सांसदका लागि सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको बताए । उनले बैठकमा संघीय संसदमा पेस हुन लागेका ऐनहरूको बारेमा पनि बैठकमा छलफल भएको बताए ।

‘कार्यकारिणी समितिको बैठक मधेश प्रदेशमा एक जना प्रदेश सभा सभाषदकाे देहावसान भयो । उहाँको मृत्युपछि उहाँको सिट खाली छ, त्यसको पूर्ति हो । पछिल्लो समय केही ऐनहरू संसदमा आएका छन्, त्यसबारेमा कस्तो ऐन छ, के छ ? त्यसका बारेमा चर्चा छलफल भएको हो । सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय भएको छ,' उनले भने, 'सरकारको बारेमा कुनै छलफल भएको छैन । विभिन्न ऐनहरूका आउँदैछ, ती ऐनहरूका बारेमा कस्तो छ भन्नेबारेमा छलफल भएको छ । शिक्षा ऐन, गिटी बालुवा निकासी ऐन लगायतमा छलफल भयो ।’

नेता अधिकारीले शिक्षा ऐन, गिटी बालुवा निकासी ऐन लगायतका बारेमा बैठकमा छलफल भएको बताए ।

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने निर्णय

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- नेकपा एमालेले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । &...

कोशीमा सरकार विस्तार नभएपछि एमालेले सुरु गर्‍याे मुख्यमन्त्री कार्कीसँग छलफल

इकागज | कात्तिक १३, २०८०

विराटनगर- कोशी प्रदेशमा सरकार विस्तारबारे एमाले र मुख्यमन्त्री केदार कार्कीबीच औपचारिक छलफल सुरु भएको छ...

सांसद चयन गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ...

गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन सक्दैन : पदम गिरी

इकागज | कात्तिक १२, २०८०

काठमाडौँ- नेकपा एमालेका मुख्य सचेतक पदम गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन...

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्छौं : देउवा

इकागज | कात्तिक १२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धि...

गुटेरेससँगको भेटमा ओलीले भने : प्रधानमन्त्री दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन असहज भयो

इकागज | कात्तिक १२, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री प...

शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघ महासचिव गुटेरेसको सद्भाव रहन्छ : प्रमुख सचेतक गिरी

इकागज | कात्तिक १२, २०८०

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीलेले नेपालको शान्ति प्रक्रियालाई टुंग्याउन संयुक्त राष्ट्रसं...

गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहजीकरण गर्छ : पूर्व सभामुख सापकोटा

इकागज | कात्तिक १२, २०८०

काठमाडौँ- पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण...

राष्ट्रसंघीय महासचिव गुटेरेसले ओली र देउवालाई संसद भवनमा भेटवार्ता गर्ने

इकागज | कात्तिक १२, २०८०

काठमाडौं - संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट औपचारिक संवाद सुरु गर्नेछन् ।&n...