युवा संघद्वारा प्रधानमन्त्री दाहालको राजीनामा माग

इकागज | कात्तिक १७, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मा आबद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालका नेता, कार्यकर्ताले शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन गर्दै रिगल भनिने गुण्डा नाइके योगराज ढकाललाई आममाफी दिने निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश दिएकाले नैतिकताको आधारमा प्रधानमन्त्री दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजीनामा दिनुपर्ने बताएका हुन् ।

काठमाडौँको बिजुली बजारबाट नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै संघका अध्यक्ष क्षितिज थेवेले जघन्य अपराधका घटनामा संलग्नलाई आममाफी दिने प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उनले सामाजिक सद्‌भाव कायम गर्न हिँडेका आफ्ना संगठनका नेता, कार्यकर्तालाई नियन्त्रणमा लिने काम नगर्न पनि सरकारलाई सचेत गराए ।

प्रदर्शनकारीहरूले सरकारले तस्करी, अराजकता र अवसरवादलाई प्रश्रय दिने काम गरेको भन्दै नाराबाजी गरेका थिए ।

माओवादी र नेकपा एससहितका कोशी सरकार विस्तार हुँदै, आजै मन्त्रीहरूको शपथ

इकागज | कात्तिक १७, २०८०

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सम...

संसदीय व्यवस्था भनेपनि सांसदका कुरा लागू हुँदैनन् : सिके राउत

इकागज | कात्तिक १७, २०८०

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके)ले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा ...

ओली भन्छन्- स्वास्थ्य कस्तो छ भनेर सोध्‍नेलाई अझै २० वर्ष राजनीति गर्ने जवाफ दिन्छु

इकागज | कात्तिक १७, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि विरोध भइ...

पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन सकिँदैन : केपी ओली

इकागज | कात्तिक १६, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्या...

रिगलको कैद मिनाहा बदरको फैसलालाई रवि लामिछानेले गरे स्वागत

इकागज | कात्तिक १६, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कै...

'संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छ'

इकागज | कात्तिक १६, २०८०

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) ले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हु...

१ फागुनमा बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती

इकागज | कात्तिक १६, २०८०

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा बिदा दिने प्...

राजसंस्थासहितको प्रजातन्त्रको पुनःस्थापना गर्न राप्रपाको माग

इकागज | कात्तिक १६, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले मुलुकमा अराजकता र अस्थिरताले हद ना...