भूकम्पपीडितका लागि तरुण दलले रक्तदान  गर्ने

इकागज | कात्तिक १९, २०८०

काठमाडौँ - जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले नेपाल तरुण दलले भोलि कात्तिक २० गते सोमबार भृकुटीमण्डप प्राङ्गणमा वृहत् खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । 

तरुण दलको केन्द्रीय कार्यसमितिले एक सूचना जारी गर्दै भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग गर्न  रक्तदान गर्न लागिएकोे जनाएको छ ।

बिहान ११ बजेदेखि  रक्तदान कार्यक्रम सुरू भई दिनभरसम्म जारी रहने केन्द्रीय सदस्य सरोज न्यौपानेले जानकारी दिए । “रगतको अभाव भएकाले हामीले पनि आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास गर्दैछौँ । सम्पूर्ण युवालाई रक्तदानका लागि आग्रह गरेका छौँ”, उनले भने । 

रक्तदानमा काठमाडौँ उपत्यकामा रहेका विद्यार्थी, युवा सहभागी हुने विश्वास केन्द्रीय सदस्य न्यौपानेको  छ । 
रासस

पुतली बाजेलाई सम्झँदै बाबुरामले भने- कक्षा छाडेर पनि पुतली समाउन जानुहुन्थ्याे

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘पुतली बाजे’ को निधनमा गहिरो दुःख व्यक्...

भूकम्प पीडितका लागि सरकारले कार्यक्रम ल्याउनुपर्छ : प्रदीप पौडेल

इकागज | कात्तिक १८, २०८०

​दमौली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित...

सहायता परिचालनमा केन्द्रित हुन माओवादी केन्द्रको आह्वान

इकागज | कात्तिक १८, २०८०

म्याग्दी- नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र विस्थापितहरू...

सहायता परिचालनमा जुट्न कार्यकर्तालाई एमालेको निर्देशन

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ- नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा उद्धार र राहतमा जुट्न आफ्ना कार्य...