के भयो एमालेको सचिवालय बैठकमा ?
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न बैठकले आगामी मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ । बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्जाङमा पुगेर समाप्त हुने उक्त अभियान तीन साता चल्ने छ ।
त्यस्तै, पार्टीले आगामी मंसिर ६ गते केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।