भूकम्प पीडितका लागि एकीकृत समाजवादीले हस्तान्तरण गर्‍यो २५ लाखको चेक

इकागज | कात्तिक २१, २०८०

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ । एकीकृत समाजवादीले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई भेटेर आफूले घोषणा गरेको २५ लाखको चेक हस्तान्तरण गरेको हो । 

पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । 

शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी रुकुम र जाजरकोटमा १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने करिब २ सय ५० बढी घाइते भएका छन् ।

प्रधानमन्त्रीलाई भेटेर रास्वपाले भन्याे : राहतको नाममा कुहिएको चामल नबाँडियाेस्

इकागज | कात्तिक २०, २०८०

काठमाडौँ- जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाल...

जाजरकोटबाट सांसद कार्कीले अनुरोध- हेलिकप्टरबाट भए पनि राहत सामग्री वितरण गरौँ

इकागज | कात्तिक २०, २०८०

काठमाडौँ– रास्वपा सांसद डा. तोसिमा कार्कीले भूकम्प प्रभावितका लागि देशविदेशबाट राहत आए पनि पीडि...

गालीगलौजको प्रवृत्तिले कांग्रेस कमजोर भएको गुनासो

इकागज | कात्तिक १९, २०८०

भक्तपुर- नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले नेपाली कांग्रेसभित्र आन्तरिक रूपमा एकले अर्काला...