राष्ट्रिय राजनीतिको मियो बन्नुपर्ने कांग्रेस आन्तरिक झगडामा रुमल्लिनु दु:खद : डा शेखर

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा काँग्रेस पार्टी आन्तरिक झगडामा रुमल्लिनु दु:खद भएको बताएका छन् । विपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म काँग्रेसको वरिपरि नेपालको राजनीति घुमेको प्रसंग स्मरण गर्दै कोइरालाले नेताहरूकै कमीकमजोरीका कारण काँग्रेसको छवि दिनदिनै गिर्दै गएको बताए ।

'राष्ट्रिय राजनीतिको मियो बन्न सरकारको नेतृत्व नै गर्नुपर्छ भन्ने छैन,' कोइरालाले भने, 'विपी कोइराला जेलमा हुनुहुन्थ्यो पार्टी प्रतिबन्धित थियो तर त्यतिबेला पनि नेपाली काँग्रेस राजनीतिको मियो थियो । मेरो लक्ष्य कांग्रेसलाई फेरि त्यस्तै पार्टी बनाउँने हो ।'

अन्तर्राष्ट्रिय स्तरमै काँग्रेसको छवि गिर्दै जानु राम्रो संकेत नभएको भन्दै उनले अब केवल गुटबन्दी र आत्म रतिमा रमाएर बस्न नहुने बताए ।

नेपाली काँग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनलाई धादिङबेसीमा सम्बोधन गर्दै कोइरालाले अब हुने कुनै पनि निर्वाचनमा काँग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता गरे । 

प्रधानमन्त्रीले भूकम्प पीडितको राहतका लागि तत्काल मन्त्रिपरिषद् बैठक बोलाउनुपर्छ : महासचिव विप्लव

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ- ​नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पश्चिम नेपालमा आएको विनाशकार...

कांग्रेसले स्थगन गर्‍यो तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरू

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ– नेपाली कांग्रेसले तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगन गरेको छ । ...

भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न राप्रपाद्वारा अपिल

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापन...

भूकम्प प्रभावितकाे उद्धार, राहत र पुनःस्थापनाका लागि कांग्रेसले ५० लाख दिने

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ–नेपाली कांग्रेसले भूकम्प प्रभावित जिल्लामा उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारलाई ५०...

भूकम्प प्रभावितको उद्धार तथा राहतमा लाग्न माओवादीको अपिल

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले भूकम्प प्रभावितको उद्धार, राहत र खोजीमा जुट्न समग्र पार्टीपंक्तिलाई आग्...

भूकम्प प्रभावित जिल्लमा उद्धार र राहतको कार्यमा संलग्न हुन कांग्रेस सभापति देउवाको अपील

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ– भूकम्प प्रभावित जिल्लामा उद्धार र राहतको कार्यमा संलग्न हुन कांग्रेस सभापति शेरबहादुर दे...

धार्मिक, पर्यटकीय स्थलको विकास एवं प्रचारप्रसार गरिनुपर्छ : अध्यक्ष ओली

इकागज | कात्तिक १७, २०८०

मलेखु (धादिङ)- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपूरा सुन्दरी आफैँमा पवित्र...

शनिबारको विरोध सभालाई सम्बोधन गर्न नेपालगञ्ज पुगे कमल थापा

इकागज | कात्तिक १७, २०८०

नेपालगञ्ज- राप्रपा नेपालका अध्यक्ष कमल थापा नेपालगञ्ज पुगेका छन् । राप्रपा नेपाल बाँकेले शनिबार नेपालगञ्ज...