राजनीतिक दलहरूले जनतालाई पुनर्विश्वास दिलाउनुपर्ने आवश्यक्ता छ : रघुजी पन्त

इकागज | असोज २१, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले राजनीतिक दलहरू सच्चिनुपर्ने बताएका छन् ।​

गणतन्त्रविरुद्ध बोल्ने राजावादीहरूसँग सवालजवाफ गर्ने भन्दा पनि गल्ती गर्ने राजनीतिक दल र त्यसका नेताहरू सच्चिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पन्तले राजनीतिक दलहरूले जनतालाई पुनर्विश्वास दिलाउनुपर्ने धारणा समेत राखे ।

उनले भने, ‘राजावादीहरूसँग सवालजवाफ गरेर मात्रै पुग्दैन । लोकतन्त्रमा हामीले आफू सच्चिनुपर्छ । जो गल्ती गरेका छन्, ती नेताहरू सच्चिनुपर्छ । पार्टीहरूले सच्चिनुपर्छ । दलहरू जनताको छेउमा जानुपर्छ । दलहरूले जनतालाई पुनर्विश्वास दिलाउनुपर्ने आवश्यक्ता छ ।’

सांसद पन्तले राजनीतिक दलहरूले जनताको बीचमा जाने कामलाई तीब्रता दिनुपर्ने पनि बताए ।

इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई राप्रपा नेपालको ध्यानाकर्षण

इकागज | असोज २१, २०८०

काठमाडौं - इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्न राप्रपा नेपालले सरकारको ध्यानाकर्षण गराएको छ। राप्...

भ्रष्टाचारविरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन भएन : झलनाथ खनाल

इकागज | असोज २१, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारविरुद्ध सरकारले अघि सा...

सरकारले ल्याएको विद्युत् विधेयकलाई परिमार्जन गर्नुपर्छ : रमेश लेखक

इकागज | असोज २१, २०८०

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेस गरेको विद्...

कांग्रेसको शंका : विद्युत् विधेयकले निजी क्षेत्रलाई विस्थापित गर्ने हो कि ?

इकागज | असोज २१, २०८०

काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा विचाराधीन विद्युत् विधेयक, २०८० बारे संघी...

एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत

इकागज | असोज २१, २०८०

काठमाडौँ- नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत चयन...

खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकारसँग छलफल गर्नेछु : माधव नेपाल

इकागज | असोज २०, २०८०

काठमाडौँ- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलक...