एमाले प्रदेश कमिटीको अधिवेशन

इकागज | असोज १९, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनको आज उद्घाटन गरेका छन् ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे ।

'कतिपय विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टीकाटिप्पणी गर्ने गरेको एमालेमा भिडन्त भयो भनेर हौवा फैलाएका छन्,' अध्यक्ष ओलीले भने, 'हारजित हुँदा मन दुख्न सक्छ, सहमति गर्नुस् । सहमति नभएमा लोकतान्त्रिक अभ्यास त छँदैछ ।'

कार्यक्रममा एमालेका महसाचिव शङ्कर पोखरेलले मुलुकमा आफ्नो पार्टीले एकल बहुमत प्राप्त गरेमा मात्रै समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताए ।

एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन भएको हो । उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क) बाट प्रदर्शनी मार्गसम्म पदयात्राको आयोजना गरिएको थियो ।

तीन सय चार प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेको कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले जनाए ।

पार्टीभित्र अस्वस्थ प्रतिष्पर्धामा नउत्रन एमाले अध्यक्ष ओलीकाे आग्रह

इकागज | असोज १९, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अस्वस्थ प्रतिष्पर्धामा नउत्रन आग्रह गरेका छ...

'धार्मिक सद्भाव बिथोल्ने काममा राप्रपाका कोही व्यक्ति संलग्न भए सम्पूर्ण जिम्मेवारी लिन तयार छु'

इकागज | असोज १९, २०८०

काठमाडौँ- राप्रपाका सांसद दीपकबहादुर सिंहले धार्मिक सद्भाव बिथोल्ने काममा राप्रपाका कोही व्यक्ति सं...

सरकारले कयौं विषयमा गल्ती गरेको छ : कांग्रेस महामन्त्री शर्मा

इकागज | असोज १९, २०८०

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौं विषयमा गल्ती ग...

प्रधानमन्त्रीज्यू, हेलिकप्टरको आवाजले चर्किएका घरहरू नभत्किऊन् : रवि लामिछाने

इकागज | असोज १९, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग भूकम्प प्र...

कानुन निर्माणसँगै विकास निर्माण गरौँला भन्‍ने सोचेकी थिएँ, तर नसकिँदो रहेछ : सांसद सापकोटा

इकागज | असोज १९, २०८०

काठमाडौँ- “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केह...

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार असफलताको दिशामा गइरहेकाे छ : शेखर कोइराला

इकागज | असोज १८, २०८०

बुटवल- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेत...

धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोकौँ : सांसद झा

इकागज | असोज १८, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोक्नुपर्ने ...

'प्रमुख प्रतिपक्षी दलका नेताले बोलेको कुरा बेठीक हाे, राजनीतिक तवरले प्रतिवाद गर्छौं'

इकागज | असोज १८, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनयुद्ध दिवसका विषयमा प्रमुख प्रतिपक्ष...