माओवादी लक्षित ओलीको टिप्पणी : सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले होइन

इकागज | असोज १८, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरू एमालेसँग लड्न नसकेको बताएका छन् ।​ बिहीबार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वागमती प्रदेशको शपथ ग्रहण तथा कार्यभार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रा विरोधीहरू हामीसँग लड्न सकिरहेका छैनन् । हिजो मैले पार्लियामेण्टमा अलिकति बोलेँ । त्यसले उनीहरूको मन भतभत पोल्यो, खपि नसक्नु भयो । के गरौँ के गरौँ भनेर चिथोरौँ झैँ लाग्यो ।'

अध्यक्ष ओलीले आफूले बुधबार संसदमा बोलेका कुरालाई लिएर विपक्षीहरूको मन भतभती पोलिरहेको जिकिर गरे । उनले एमालेको विरोध गर्न गिरिबन्धु टि स्टेट भने पनि गिरिबन्धु टि स्टेटको छानबिन गर्न चुनौती दिए । उनले कुनै पनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरू मुसिने दाबी गरे । नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै उनले सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताए ।

'सुन तस्कर गर्ने, सुन गाल्ने पाँच वटा भाँडा, राष्ट्र बैंकसँग एउटा छ, पाँच वटा भाँडा राखेर बस्ने खालको पार्टी होइन । हामी देश बनाउने पार्टी हो । हिजो मैले बोलेको जवाफ छैन उनीहरूसँग । त्यसको जवाफमा गिरिबन्धु टि स्टेट । के गर्नुपर्छ, कुन फाइल खोल्नुपर्छ खोल, १० पटक खोल । तिनका नेताहरूले त्यही भनेको होला । गिरबन्धु टि स्टेट, यति, औम्नी भन । ति सबै कुरा उनीहरूले गराएका छन् । कमीसनको चक्र उनीहरूले चलाएका छन्,' उनले भने ।

अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर लागि परे पनि आफैँ परेपछि घटना सेलाएको बताए ।

 

गम्भीर अपराधमा संलग्न भएका व्यक्तिलाई क्लिन चिट दिनु हुँदैनः सांसद प्रधान

इकागज | असोज १८, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकारले गम्भीर अपराधमा संलग्न भएका व्यक्...

युवालाई विदेश पलायन गराएर सुनियोजित रुपमा मुलुक रित्याउन लागिएको छः अध्यक्ष केसी

इकागज | असोज १८, २०८०

काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरूलाई विदेश पलायन गराएर सुनियोजित किसिम...

धार्मिक द्वन्द्व फैलाएर मधेसी जनताको एकतालाई तोड्ने काम भइरहेको छ : प्रदीप यादव

इकागज | असोज १८, २०८०

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका नेता तथा प्रतिनिधिसभा सांसद प्रदीप यादवले मधेसमा धार्मिक...

प्रधानमन्त्रीको चीन भ्रमणबारे सांसद पन्तको टिप्पणी–हात्ती आयो, हात्ती आयो फुस्सा

इकागज | असोज १८, २०८०

काठमाडौँ - नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीले चीन भ्रमणबाट महत्वपूर्ण अवसर गुमाएको बताएका...

'जितेकालाई बधाई दिन पाइएन, बीचका नेताबाट कार्यकर्ता धम्क्याउने काम भयो'

बाबुराम भण्डारी | असोज १८, २०८०

विराटनगर- नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा पराजित भएका विनोद ढकालले अधिवेशनबाट निर्वाचित भएका नेता...

एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य हरिजन माओवादीमा प्रवेश

इकागज | असोज १८, २०८०

काठमाडौं- नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्...

हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : मिनेन्द्र रिजाल

इकागज | असोज १८, २०८०

ताप्लेजुङ- नेपाली कांग्रेसका नेता  डा. मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भू...

गीता श्रवण गरे मात्र पनि जीवनमा मुक्ति प्राप्त हुन्छ : सिके राउत

इकागज | असोज १८, २०८०

भक्तपुर- जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके रावतले श्रीमद्भागवतका कथा श्रवण गरे मात्र पनि जीवनमा मुक्ति...