ओलीले भने - एमालेलाई कमजोर पार्न गुट उपगुट सिर्जना गर्ने प्रयास भयो

इकागज | असोज १७, २०८०

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई कमजोर पार्न गुट उपगुट सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन् । 

बुधबार विराटनगरमा आयोजना गरिएको एमाले कोशी प्रदेश समितिका निर्वाचित पदाधिकारिहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई कमजोर पार्न पार्टी भित्र हुँदै नभएको गुट उपगुट सिर्जना गर्ने प्रयास भइरहेको र हौवा फैलाउने कार्य भइरहेको बताएका हुन् । 

एमालेलाई विभाजन गराउन पार्टी भित्र दरार पैदा गर्न अहिले पनि देशी विदेशी शक्तिहरू लागिपरेकोले यसतर्फ सचेत भएर हिँड्न नेता कार्यकर्ताहरूलाई उनले निर्देशन दिए । उनले नेकपा एमालेको भिजन सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने र सवै क्षेत्रमा विकास गर्नुका साथै गरिवी निवारण गर्ने उद्देश्य रहेको धारणा राखे । 

अध्यक्ष ओलीले लोकतान्त्रिक पार्टीमा आपसमा स्वस्थ प्रतिस्पर्धा हुनु र निर्वाचित हुनुलाई सामान्य ढंगले बुझ्न आग्रह गरे । कार्यक्रममा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

सरकारलाई डा शेखरले दिए दुई विकल्प - सच्चिने वा कुर्सी छाड्ने ?

इकागज | असोज १७, २०८०

कपिलवस्तु - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र छाड्नुपर्ने बत...

समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष नेपाल

इकागज | असोज १६, २०८०

धनुषा- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विद्यमान गरि...

नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको शिकार बन्ने खतरा : अध्यक्ष लिङदेन

इकागज | असोज १६, २०८०

 काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरु...

सांसद सुवालको प्रधानमन्त्रीलाई प्रश्नः मुलुकको कार्यकारी भुमिका विदेशीबाट सञ्चालन भइरहेको हो ?

इकागज | असोज १६, २०८०

काठमाडौँ - नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मुलुकको कार्यकारी भूमिका कुनै विदेशीब...