कांग्रेसले वर्तमान सरकारको विकल्प दिन सक्दैन : केपी ओली

इकागज | असोज १२, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले वर्तमान सरकारको विकल्प दिन नसक्ने बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूहरू अहिले सरकारमा जान नचाहेको र कांग्रेसले वर्तमान सरकारको विकल्प दिन नसक्ने अवस्थामा रहेको बताए । उनले प्रमुख पार्टीहरू जिम्मेवार हुँदा भने अर्को विकल्प हुन सक्ने धारणा राखे ।

ओलीले नेपालको चुच्चे नक्साबारे प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा नउठाउनु कमजोरी भएको र राष्ट्रियताप्रति चिन्ता नदेखिएको बताए । त्यस्तै ओलीले कोशी प्रदेश मध्यावधिमा जान सक्ने अवस्था नरहेपछि गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले भारी मत ल्याउने दाबी गरे ।

अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनमा पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको भन्दै आफूले सके सर्वसम्मति नभए स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव मात्रै दिएको जिकिर गरे ।

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न गरेको छैनः अध्यक्ष नेपाल

इकागज | असोज ११, २०८०

काठमाडौँ - नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न ...

रास्वपाले संविधान दिवसमा कैद मिनाहाबारे सरकारसँग जवाफ माग्ने, संकल्प प्रस्ताव दर्ता गर्ने

इकागज | असोज १०, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले भदौ ६ गते राष्ट्रि...

उच्च पदस्थ व्यक्तिहरुले विदेश भ्रमण गर्दा साधारण खर्च बढ्योः योगेश भट्टराई

इकागज | असोज १०, २०८०

काठमाडौँ - नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले सरकारका उच्च पदस्थ व्यक्तिहरु अनावश्यक ठाउँमा पनि ...

दूरसञ्चारमा हुने चुहावट र भ्रष्टाचारलाई रोक्नुपर्छः अध्यक्ष लिङदेन

इकागज | असोज १०, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल दूरसञ्चार प्राधिकरणमा हुने चु...