उपनिर्वाचन
चितवन–२ र तनहुँ-१ मा समाजवादी पार्टीले कांग्रेसका उम्मेदरवारलाई सहयोग गर्ने
काठमाडौँ- नेपाल समाजवादी पार्टीले यही वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ र तनहुँ-१ मा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चितवन–२ मा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेको हो ।
सो पार्टीले बैठकपछि आज विज्ञप्ति जारी गरी कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई विजय बनाउनका लागि सहयोग गरेको पत्रको आधारमा कांग्रेसका उम्मदेवारलाई समर्थन गर्ने निर्णय गरिएको जनाएको छ ।