वैशाख १० पछि सरकारले पूर्णता पाउँछ : सहमहामन्त्री परियार

इकागज | बैशाख ३, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले वैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताएका छन् ।

आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले दलहरूबीच आपसी छलफल गरेर वैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताएका हुन् । मन्त्री चयनका विषयमा कांग्रेसभित्र कुनै विवाद नभएको दाबी गर्दै उनले पार्टी सभापतिले प्रधानमन्त्रीसँग आवश्यक कुराकानी गरिरहेको जिकिर गरे ।

त्यस्तै उनले दलहरूबीच भएको सहमति अनुसार वर्तमान सरकार पूरै कार्यकाल सञ्चालन हुने बताए । फरक प्रसंगमा उनले रास्वपाका सांसदलाई दलले छानबिन वा कारबाही गर्नु नौलो नभएको र कुनै व्यक्तिमाथि आरोप लागेपछि कारबाही गर्ने अधिकार दललाई रहेको पनि बताए ।

त्यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसदलाई कारबाही गरिएको पत्र सभामुख समक्ष पठाइसकेको भन्दै आवश्यक प्रक्रिया अघि बढ्ने जिकिर गरे ।​उनले विगतमा पनि अन्य दलमा यस्ता अभ्यास भएकाले थप अध्ययनका लागि सभामुखलाई सहयोग गर्न पार्टी तयार रहेको बताए ।

रवि लामिछानेप्रति संकेत गर्दै सांसद केसीले भने : खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्‍याे

इकागज | बैशाख ३, २०८०

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरि...

तनहुँवासीको गौरवलाई जीवन्त राख्ने जिम्मेवारी पूरा गर्छौँ : उपसभापति गुरुङ

इकागज | बैशाख २, २०८०

तनहुँ - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रको संरक्षक गौरवलाई जीवन्त कायम राख्ने जिम्मेवारी...

रवि लामिछानेलाई विदेशबाट सञ्चालित मान्छेको संज्ञा दिँदै केसीले भने : त्यस्तालाई भगवान मान्नु दुर्भाग्य

इकागज | बैशाख २, २०८०

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपाल...

माओवादीका मन्त्रीहरूले हप्ताको एक दिन पार्टी कार्यालयमा कार्यकर्ता भेट्‌नैपर्ने, कुन बार कसको पालो ?

इकागज | बैशाख २, २०८०

काठमाडौँ- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले बालुवाटारमै पार्टी बैठक भेला छलफल ग...