तीन मन्त्रालयमा एकीकृत समाजवादीको दाबी, गृहमा पहिलो प्राथमिकता

इकागज | चैत ३, २०७९

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरूको पहिलो प्रथमिकतामा गृह मन्त्रालय रहेको बताएका छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न संसद् भवन पुगेका उपाध्यक्ष पाण्डेले सन्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पार्टी सरकारमा जाँदा तीन वटा मन्त्रालय दाबी गर्ने बताए ।  

आफूहरू गठबन्धनमा चौथो दल भएकोले पहिलो प्राथमिकता गृहलाई दिने उनको भनाइ छ । ‘अहिलेसम्म पार्टीमा कसले नेतृत्व गर्ने र कति मन्त्रालय लिने भन्नेबारेमा खास छलफल भएको छैन,' उनले भने, 'तर, हाम्रो पार्टीले तीनवटा मन्त्रालय नघट्नेगरी दाबी गर्छ । राष्ट्रपति कांग्रेसले, उपराष्ट्रपति जसपाले, माओवादीले प्रधानमन्त्री रोज्यो । अहिलेको समीकरणभित्रको चौथो ठूलो दल भएकाले पहिलो प्राथमिकता हामीले गृहलाई नै दिन्छौं ।’

उनले पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री भएर डेढ वर्ष चलाउने दाबी गरे । 

१० दलले संविधानको मर्ममाथि प्रहार गरेः अष्टलक्ष्मी शाक्य

इकागज | चैत ३, २०७९

काठमाडौँ - उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला ...

सामाजिक सञ्जालमा जथाभावी लेख्‍ने पार्टी नेतामाथि राप्रपाले छानबिन थाल्यो

इकागज | चैत ३, २०७९

काठमाडौँ- राप्रपाले विभिन्न जिल्ला तथा स्थानीय समितिहरू निस्क्रिय रहेको केही जिल्ला र कमिटीहरूमा आन्तरिक ...

उपप्रधानमन्त्री श्रेष्ठले भने - बीआरआई परियोजना सफल कार्यान्वयनमा ल्याउन नेपाल सरकार दृढ छ

इकागज | चैत २, २०७९

काठमाडौँ - उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकार चीनको ...

राज्यको कूल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याउनुपर्छ :  अनेरास्ववियू

इकागज | चैत १, २०७९

काठमाडौँ - नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले राज्यको कूल बजेटको कम्तीमा २० प्रत...