केही दिनभित्रै सरकारले पूर्णता पाउँछ : शक्तिबहादुर बस्नेत

इकागज | चैत ६, २०७९

काठमाडौँ- सत्तारूढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् सांसद शक्तिबहादुर बस्नेतले केही दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन् ।​

उपमहासचिव बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै राजनीतिक दलहरू सरकारमा सहभागी हुने विश्वास समेत व्यक्त गरे । विपक्षमा बस्ने भनेर कुनै पनि राजनीतिक दलहरूले नभनेकाले उनीहरू सबै सरकारमा सहभागी हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले विश्वास मत लिएलगत्तै उपमहासचिव बस्नेतले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सरकार र सत्तारूढ दलहरू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।​

उपमहासचिव बस्नेतले केही दलहरूले रुचि नदेखाए पनि अधिकतम सहमति निर्माण गरेर सरकार अघि बढ्ने वातावरण बनेको पनि बताए ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न ओलीको निर्देशन

इकागज | चैत ६, २०७९

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रश्तुत संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे स...