अध्यक्ष नेपाल भन्छन् : पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन

इकागज | चैत १०, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन् ।

शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरू विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका हुन् । उनले यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भए पनि प्रतिफल नआएको जिकिर गरे ।

सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने उनको भनाइ छ । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने धारणा राखे । उनले देशमा ​आवश्यकताहरूको प्राथमिकीकरण गर्न नसकिएको बताए । उनले कुनै पनि कुरामा दूरगामी सोच राख्न नसकिएको टिप्पणी गरे ।

सत्तारूढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो : विष्णु पौडेल

इकागज | चैत १०, २०७९

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारूढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थ...

'फरक क्षमता भएका व्यक्तिका लागि आवश्यक स्वास्थ्य सामग्री पनि स्वास्थ्य बिमा कार्यक्रममा समेटिनु पर्छ'

इकागज | चैत १०, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले फरक क्षमत...

रास्वपाले उपनिर्वाचनमा चुनावी तालमेल नगर्ने, तोक्यो उपनिर्वाचन कमाण्डर

इकागज | चैत १०, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनमा कसैसँग चुनावी तालमेल नगर्ने निर्णय गरेक...

प्रधानमन्त्री दाहाललाई आफ्नो पद गुम्ला कि भन्ने डर छ : महामन्त्री थापा

इकागज | चैत १०, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्ला कि ...

प्रधानमन्त्री प्रचण्डको प्रशंसा गर्दै प्रभु शाहले भने- केही गरौं भन्‍ने इच्छाशक्तिका साथ काम गरिरहनु भएको छ

इकागज | चैत १०, २०७९

काठमाडौँ - आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि केही गर...

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : म साँच्चिकै डराएको छु, नागरिकलाई नतर्साउनुस्

इकागज | चैत ९, २०७९

काठमाडौं- नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकलाई नतर्साउन प्रधानमन्त्री पुष्पकमल दाहाल...

समावेशी लोकतन्त्रको सिद्धान्तअनुसार सञ्चार नीति ल्याउन सरकारलाई उपमहासचिव गुरुङको आग्रह

इकागज | चैत ९, २०७९

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोका लागि छु...