एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएको छ : महासचिव पोखरेल

इकागज | चैत ९, २०७९

देउखुरी- नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताए । 

प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने बताए ।

उनले सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए । उनले देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई आग्रह गरे ।

उनले अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक सङ्कट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए । 

गगन थापा भन्छन्- मैले यत्ति धेरै मानिसहरू आत्तिएको कहिल्यै देखेको थिइनँ

इकागज | चैत ९, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्न...

लोसपाको बैठक बस्दै

इकागज | चैत ९, २०७९

काठमाडौँ- आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाज...

लोसपाले बोलायो बैठक

इकागज | चैत ८, २०७९

काठमाडौँ - आगमी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा ...

विदेशबाट फर्किएका नेपालीहरुको संगठन 'रिटर्नी फेडेरेन'को महाधिवेशनको उद्घाटन ओलीले गर्ने

इकागज | चैत ८, २०७९

काठमाडौँ - नेकपा एमाले निकट विदेशबाट फर्किएका नेपालीहरूको संगठन रिटर्नी फेडेरेन नेपालको प्रथम राष्ट्रि...

सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउनुपर्छ : उपमहासचिव पोखरेल

इकागज | चैत ८, २०७९

काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्...