विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण

इकागज | चैत ५, २०७९

काठमाडौँ - संयुक्त अधिराज्य बेलायतका सांसद (हाउस अफ कमन्स) वीरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिला व्यवस्थितरूपमा सञ्चालन गर्नेबारे प्रशिक्षण दिएका छन् । 

आज काठमाडौँमा सांसदको भूमिकालाई संसद्मा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सांसद चौधरीको सचिवालयका अधिकारीहरूलाई प्रशिक्षण दिइएको हो । 

कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताए ।  सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारीरूपमा वहन गर्न सक्ने उनले बताए । कुनै पनि सांसदको सचिवालयले बहन गर्ने भूमिका बृहत्तररूपमा देशका लागि हुने भएकाले सचिवालयका अधिकारीले पनि उत्तिकै जिम्मेवार भावनाका साथ काम गर्न आवश्यक रहेकामा उनको जोड थियो । 

'सांसद एक्लैले गरेर केही हुँदैन । सांसदलाई सफल बनाउने भनेको उसको निजी सचिवालय कति प्रभावकारी र सक्षम छ भन्ने कुरामा निर्भर हुन्छ', सांसद शर्माले भने, 'बेलायती संसद्मा रहेर काम गरिरहँदा मेरो अनुभव पनि यही हो । मेरो सचिवालय प्रभावकारी नरहेको भए म हाउस अफ कमन्सको प्रभावकारी सांसद बन्न सम्भव थिएन ।'

बेलायती सांसद शर्माका सहयोगी डमिनिक मोफिटले कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चौधरीको राजनीतिक सचिवालयलाई आफ्नो अनुभव सुनाए । बेलायतमा सांसदलाई सरकारबाट चारजना कर्मचारीको व्यवस्था हुने गरेको उनले बताए । 'उनीहरूको जिम्मेवारी पनि तोकिएको हुन्छ । टोलीमा सबैले आफ्नो जिम्मेवारीअनुसार काम गर्छन्', उनले भने, 'काममा दोहोरोपन हुनुभएन । टीमवर्कमा विश्वास हुनुपर्छ ।' 

कांग्रेस सांसद चौधरीले निर्वाचन क्षेत्रका विषय सम्बोधनदेखि राष्ट्रिय मुद्दामा संसद्मा प्रभावकारीरूपमा उठाउन राजनीतिक टोलीको आवश्यकता औँल्याए । 'हामीले निर्वाचन क्षेत्रका मुद्दाहरूमा पनि काम गर्नुपर्छ । त्यस्तै, राष्ट्रिय विषय उठाउनुपर्छ । त्यसका लागि छुट्टै राजनीतिक सचिवालय स्थापना गरेका हौँ', उनले भने । बेलायतका सांसदको राजनीतिक सचिवालयको अनुभवले आफूहरूलाई पनि लाभ हुने सांसद चौधरीको विश्वास थियो ।

कांग्रेस सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी–१ बर्दघाटमा जनसम्पर्क सचिवालय स्थापना गरेका छन् भने काठमाडौँमा राजनीतिक सचिवालय बनाएका छन् । रासस –

बैतडीको नवप्रभात संयुक्त क्याम्पसको स्ववियुमा अनेरास्ववियुकी रेखा घटाल प्यानलसहित विजयी

इकागज | चैत ५, २०७९

बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुक...

थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी

इकागज | चैत ५, २०७९

काठमाडौं - काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएक...

संघ, प्रदेश सरकार र राजनीतिक नियुक्तिको भागबन्डा प्याकेजमा टुंग्याउनुपर्छ : सांसद यादव

इकागज | चैत ५, २०७९

काठमाडौँ- जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण...

'सभामुखको पत्रकारप्रतिको टिप्पणी आलोच्य छ, आत्मालोचना गर्नुपर्छ'

इकागज | चैत ५, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरूमाथि गर...

'संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई अघि बढाउन सबै दलले साथ दिनुपर्छ'

इकागज | चैत ५, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानु...