बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली

इकागज | चैत १२, २०७९

अर्घाखाँची- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । 

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।'

समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उनले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताए । एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्दै उनले भने, 'मिसन ग्रासरुटमार्फत एमालेले ५१ प्रतिशत उपलब्धि हात पार्छ ।'

अध्यक्ष ओलीले हरेक वडा, हरेक पालिका हरेक प्रदेश र सङ्घका सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले सङ्गठन निर्माणमा लागेको जानकारी दिए ।

एमाले जस्तो पार्टीका कार्यकर्ताले पार्टीलाई भोट नदिने कुरा सोच्नै नसक्ने उनको भनाइ थियो । व्यक्तिसँग अन्तरविरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताउँदै समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन अन्तरविरोध गरेर भोट नदिने कार्य नगर्न कार्यकर्तालाई उनले आग्रह गरे ।

दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्ने वामदेवको प्रस्ताव

इकागज | चैत १२, २०७९

काठमाडौँ - राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट...

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो - रघुजी पन्त

इकागज | चैत १२, २०७९

काठमाडौँ - नेकपा एमालेका रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको बताएक...

प्रभु साहको प्रश्न : तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिसन ?

इकागज | चैत १२, २०७९

काठमाडौँ- प्रतिनिधिसभा सदस्य प्रभु साहले तस्कर तथा भन्सार छली प्रकरण रोक्न सरकारले दिने ४५ प्रतिशत कमिसन ...

मन्त्रिपरिषद्‌ विस्तारको तयारी : कांग्रेसभित्र कुन मन्त्रालयमा कसको चर्चा ?

इकागज | चैत १२, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‌ विस्तारको तयारी गरीरहेका छन् । चैत ...

मन्त्रिपरिषद् विस्तारको तयारी : बन्यो मन्त्रालय भागबण्डाको खाका

इकागज | चैत १२, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मन्त्रालयको भागबण्डा...