एमालेलाई कमजोर बनाउने खेल भयो : अध्यक्ष ओली

इकागज | चैत १४, २०७९

रामपुर (पाल्पा)- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भएको बताएका छन् । 

एमालेको मिसन ग्रासरुट अभियानको क्रममा आज पाल्पा तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास भएको टिप्पणी गरेका हुन् । 
       
सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला एमालेले देशमा राम्रो काम गरेको दाबी गर्दै अध्यक्ष ओलीले ग्रासरुट अभियानमार्फत अझ सशक्त भएर आउँदो चुनावमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने बताए । सुरुदेखि हालसम्म एमाले सरकारमा रहेका बेला देशको विकास र समृद्धिमा असाधारणमा काम गरेको उनको भनाइ छ ।
      
एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेलेको आरोप लगाउँदै अध्यक्ष ओलीले त्यसतर्फ सचेत रहन पनि कार्यकर्तालाई निर्देशन दिए । उनले दश दलीय गठबन्धनले एमालेले अघि सारेका राम्रो योजनामा बजेट रोक्ने काम गरेको आरोप लगाए ।

पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली मुलुक आर्थिक, राजनीतिक र राष्ट्रियता सङ्कटमा रहेको बताए । फरक प्रसङ्गमा ज्ञवालीले चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको सङ्केत गर्दै एमालेभित्र खराब आचरणका व्यक्ति प्रवेश गरेकाले तिनीहरूलाई पाखा लगाउनुपर्ने बताए । 

गठबन्धन बैठकमा प्रधानमन्त्रीले पेस गरे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

इकागज | चैत १४, २०७९

काठमाडौं- सत्तारूढ गठबन्धनका नेताहरूको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भए...

निष्कर्षविहीन दश दलीय गठबन्धनको बैठक, मन्त्रालय बाँडफाँटको विषय प्रवेश नै भएन

इकागज | चैत १४, २०७९

काठमाडौँ- दश दलीय गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निव...

‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई

इकागज | चैत १४, २०७९

मुगु - एमाले सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुल...

मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने एकीकृत समाजवादीकाे निर्णय

इकागज | चैत १४, २०७९

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि प्रधानमन्त्रीलाई मन्त्रीको नाम ...

सरकारले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्नुपर्छः लामिछाने

इकागज | चैत १४, २०७९

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्न...