जनमत पार्टी मन्त्री पदको भोको होइन : सिके राउत

इकागज | चैत १७, २०७९

काठमाडौँ - जनमत पार्टीका अध्यक्ष सिके राउतले जनमत पार्टी कुनै मन्त्री पदको भोको नभएको बताएका छन् । उनले जनताको वाचा अनुसार सेवा दिन नसके पदमा टाँसिरहनुको औचित्य नरहेको बताएका हुन् । उनले आज ट्विट गर्दै मन्त्री अब्दुल खानले मन्त्री पदबाट राजीनामा दिएर सो कुरा पुष्टि गरेको समेत बताए । 

उनले लेखेका छन्, 'मा. अब्दुल खानलाई धेरै धेरै बधाई छ - उहाँले  राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी कुनै मन्त्री पदको भोको होइन। हामी जनताका सेवक हौं। जनतासँग गरेको वाचा अनुसार सेवा दिन सके पदमा बस्ने हो, कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने टाँसिरह्नुको औचित्य हुँदैन।'

जनमत पार्टी आज सरकारबाट बाहिरिएको छ । खोजेको मन्त्रालय नपाएपछि जनमत सरकारबाट बाहिरिएको बताइएको छ । जनमत पार्टीका अध्यक्ष राउतले पटक पटक आफूहरूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अथवा कृषि मन्त्रालय दिन माग गरेका थिए । उक्त मन्त्रालय नपाएपछि जनमत पार्टीबाट मन्त्री बनेका खानले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आजै राजीनामा दिएका छन् ।

नेता-कार्यकर्ता मुलुकको समस्या समाधान गर्न लाग्नुपर्छ : अध्यक्ष नेपाल

इकागज | चैत १७, २०७९

बनियानी- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हरेक समस्या ...

डा. बाबुराम भट्टराई भन्छन्- वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊँ !

इकागज | चैत १७, २०७९

काठमाडौँ - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्ट्राईले डा. स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिनुपर्ने ...

चितवन-२ मा रास्वपाबाट रवि उम्मेदवार हुने निश्चित : तनहुँमा स्वर्णिम र बारामा रमेशको सम्भावना

इकागज | चैत १७, २०७९

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीन वटै क्षेत्रका उम्मेदवार सार्वजनिक गरेको छ । रास्व...

बालुवाटारमा सत्तारूढ दलको बैठक, मन्त्रिपरिषद् विस्तारबारे छलफल

इकागज | चैत १६, २०७९

काठमाडौँ- मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारूढ दलहरूको बैठक प्रधानमन्त्र...

स्वर्णिमले कांग्रेस छाडेपछि गुरु घिमिरेले भनेः राजनीति गर्ने मानक सम्पत्ति र नाता रह्यो

इकागज | चैत १६, २०७९

काठमाडौँ- स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसमा फर्काउन गुरुराज घिमिरेले आग्रह गरेका छन् । उनले टवीटरमा ल...