मालदार मन्त्रालयमा १० औं करोडको डिल हुन्छन् : रास्वपा नेता वाग्ले

इकागज | चैत १८, २०७९

काठमाडौँ- अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताए । उनले पैसाका कारण लोकतन्त्र पनि विकृत हुँदै गएको उल्लेख गरे ।

डा. वाग्लेले परम्परागत र पुराना पार्टीहरूमा टिकट पैसामा किनबेच हुने गरेको आरोप लगाए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा भने ढुक्कसँग टिकट पाएको बताए । उनले मालदार मन्त्रालयमा १० औं करोडको डिल हुने गरेको पनि उल्लेख गरे ।

डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रूपमा आफू तनहुँबाट विजयी हुने दाबी गरे । उनले आफू पछि फर्किने नभइ अघि बढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताए ।

राजनीतिक सिन्डीकेटतन्त्रको विरुद्धमा सबै एक हुनुको विकल्प छैन : रमेश खरेल

इकागज | चैत १८, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीत...

तनहुँमा सर्वेन्द्र खनाल र चितवनमा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

इकागज | चैत १८, २०७९

काठमाडौँ- नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि ...

नेविसंघका असन्तुष्ट पक्ष पार्टी कार्यालय सानेपामा रिले अनशनमा

इकागज | चैत १८, २०७९

काठमाडौँ- अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस निकट नेविसंघका अस...