नागरिक उन्मुक्ति पार्टीले तीन वटै निर्वाचन क्षेत्रमा अलग्गै उम्मेदवारी दर्ता गराउने

इकागज | चैत २०, २०७९

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले आगमी वैशाख १० गते हुने उपनिर्वाचनमा तीन वटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । 

सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो । 

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ ।

आज बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ । 

कांग्रेस महाममन्त्री थापा तनहुँ र विश्वप्रकाश चितवन पुग्‍ने

इकागज | चैत २०, २०७९

काठमाडौं - नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा नै पुग्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य ...

राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकास सम्भव छैन : महासचिव पोखरेल

इकागज | चैत १९, २०७९

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधा...