रैथाने विश्वविद्यालय खोल्ने मन्त्रीकाे घोषणाबारे केसीकाे प्रश्न : रैथाने विश्वविद्यालय भनेको के हाे र कस्तो हुन्छ ?

इकागज | चैत २१, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख भइरहेको बताएका छन् ।

मंगलबार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । नेता केसीले आर्थिक, शैक्षिक, ऋणको भारी र भ्रष्टाचार सबै किसिमबाट हेर्दा देश अराजकतातिर उन्मुख भइरहेको दाबी गरे ।

केसीले अहिलेको अवस्थालाई नियन्त्रण र निगरानी राख्न गठबन्धनको सही कार्यदिशा नभए देश असफल हुने निश्चित रहेको जिकिर गरे । उनले शैक्षिक क्षेत्रमा पनि नैराश्यता देखिएको भन्दै यसलाई हटाउन सरकारले संघीय शिक्षा ऐन समयमा नै ल्याउनुपर्ने बताए । उनले विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको दाबी गरे ।

नेता केसीले शैक्षिक अराजकता अहिलेको चुनौतीको विषय बनेको बताए । उनले नेपालमा रैथाने विश्वविद्यालय खोल्ने घोषणा मन्त्रीले गरेको भन्दै रैथाने विश्वविद्यालय भनेको के र कस्तो हुन्छ ? भन्दै प्रश्न गरे ।
 

प्रहरी कार्यालयमै इन्सपेक्टरकाे कुटाइले जसपा अध्यक्ष घाइते, नेता कार्यकर्ता आन्दाेलित

सुभाष कर्ण | चैत २१, २०७९

जनकपुरधाम- आफ्ना नेतालाई कुटपिट गरेको भन्दै सप्तरीको राजविराजमा जनता समाजवादी पार्टी (जसपा) नेपालका&n...

१३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने

इकागज | चैत २१, २०७९

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले एक सय दिन ...

पार्टीभित्र असन्तुष्टि राख्नेहरू घर फर्कनूस् : महामन्त्री शर्मा

इकागज | चैत २०, २०७९

चितवन- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता र...

उपनिर्वाचन : तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता

इकागज | चैत २०, २०७९

तनहुँ- प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । ...

माधव नेपाल भन्छन्- शरीरका कुनै पनि अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ

इकागज | चैत २०, २०७९

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने...

नागरिक उन्मुक्ति पार्टीले तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने

इकागज | चैत २०, २०७९

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठा...