सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको हाेइन : एमाले

इकागज | चैत २४, २०७९

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पन्तले सरकारले प्रस्तुत गरेको न्यूनतम साझा कार्यक्रम सत्तारूढ दश दलको मात्रै भएको बताएका हुन् । एमाले प्रमुख प्रतिपक्ष दलको हैसियतमा रहेको र एमालेको हस्ताक्षर नभएको भन्दै त्यसलाई राष्ट्रिय सहमतिको कार्यक्रम भन्न नमिल्ने उनकाे जिकिर छ ।

पन्तले कार्यक्रममा सबैका घोषणापत्रबाट राम्रा राम्रा कुरा झिकेर राखिएको भन्दै सरकारको प्राथमिकताको विषय मूर्त रूपमा आउन नसकेको बताए ।

त्यस्तै एमाले सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्रीले सय दिनको बीचमा दुई वटा साझा न्यूनतम कार्यक्रम जारी गर्नु रमाइलो कुरा भएको टिप्पणी गरे । साझा कार्यक्रम कार्यान्वयन गर्नका लागि नभइ सार्वजनिक खपतका लागि ल्याइएको उनको भनाइ छ ।

उनले सरकारको मुख्य ध्यान जनताको काम गर्ने भन्दा पनि मन्त्रालय बाँडफाँट र सत्ताको लेनदेनमा सीमित रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डको कामकारबाही हेर्दा आत्मविश्वास नभएको जस्तो देखिन्छ : महामन्त्री थापा

इकागज | चैत २४, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले परिणाममूखी काममा केन्द्रित हुन प्रधानमन्त्री...

सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम ५ वर्षका लागि हो : सांसद पाण्डे

इकागज | चैत २३, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले न्यूनतम साझा कार्यक्रम सरकारमा रहेका...

ओलीले भने : सत्ता गठबन्धनले सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्छ

इकागज | चैत २३, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्...

'विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइन्छ'

इकागज | चैत २३, २०७९

काठमाडौँ - प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन् ।  ...