अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक: सांसद पन्त

इकागज | चैत २७, २०७९

काठमाडौँ -  एमालेका सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताए । 

सांसद पन्तले भने, “कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार दिएको छैन । नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्म निर्णयको अधिकार आफैँ प्रयोग गर्छ ।” उनले नेपाल–भारत खुला सिमाना अपराधको अखडा भएको भन्दै सीमा नियन्त्रण गर्ने र बाह्य हस्तक्षेप रोक्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद श्रेष्ठकाे अडियो प्रकरणमा रास्वपाले संसद्‍मा माफी माग्याे

इकागज | चैत २७, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदको अडियो प्रकरणले समग्र प्रतिनिधिसभा र सांस...

दलहरूको झण्डा, नाम र चुनाव चिह्नले मान्छे छुन सकेन : रवि लामिछाने

इकागज | चैत २६, २०७९

बारा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थापित भनिएका पार्टीको झण्डा, नाम, चुनाव चिह्न गा...

जनताका सुझावका आधारमा पार्टी पुनःनिर्माण गछौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

इकागज | चैत २६, २०७९

कास्की - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्र...

कांग्रेसले दुःख गरेका व्यक्तिको खोजी गर्नुपर्छ : सहमहामन्त्री आङदेम्बे

इकागज | चैत २६, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टीभित्र योगदान गरेकालाई सम्मान गर्ने परि...

टेलिफोन संवादबारे थप अनुसन्धान गर्न प्रहरी र अख्तियारमा निवेदन दिन्छौं : रवि लामिछाने

इकागज | चैत २६, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको व...

अडियाे काण्डमा मुछिएका श्रेष्ठलाई रास्वपाले माग्याे २४ घण्टे स्पष्टीकरण

इकागज | चैत २६, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको सार्वजनिक अडिओमाथि छान...

लेखराज भन्छन्- प्रचण्डले चिया खाएर जान्छु भन्नुभयो, मैले स्वागत गरेँ

इकागज | चैत २६, २०७९

काठमाडौँ - नेकपा (एमाले)का सचिव लेखराज भट्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राजनीतिक विषयमा कु...