कसैलाई दोष दिएर सरकार उम्कन मिल्दैन : गगन थापा

इकागज | चैत २८, २०७९

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन् । संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले दोहोर्‍याए ।

मंगलबार काठमाडौँमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरे । उनले ५ वर्षपछि नेपाली कांग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताए ।

महामन्त्री थापाले शिक्षकहरूको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गरे । शिक्षकहरूलाई खुसी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरूको आवश्यक्ता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उनको भनाई थियो ।

महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिनाभित्र संसद्‍बाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरूलाई आग्रह गरे ।

मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउनुस् : मनिष झा

इकागज | चैत २७, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने ...

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पारित गर्ने विषयमा दलहरूको दुई धार

इकागज | चैत २७, २०७९

काठमाडौँ- संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई संसद्‍मै छलफल गरेर पारित गर्ने कि विषय...

संक्रमणकालीन न्यायसंग सम्बन्धित बिषय अदालतले हस्तक्षेप गर्न मिल्दैन : महरा

इकागज | चैत २७, २०७९

काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायसंग सम्बन्धित बिषय न्याया...

'डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको जाँच र उपचार गराउन सरकारसँग माग'

इकागज | चैत २७, २०७९

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको निःशुल्क निय...

प्रधानमन्त्री दाहाल सरकारको गणितीय वर्चश्वमा रमाउनुभयोः हिसिला यमी

इकागज | चैत २७, २०७९

काठमाडौँ - प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भएपनि नेतृ...