सत्ता गठबन्धनको बैठक बस्‍दै, आजै होला त मन्त्रिपरिषद् विस्तार ?

इकागज | चैत १४, २०७९

काठमाडौँ- आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनको बैठक बस‍न लागेको हो । बैठक अपराह्न ४ बजे बस्नेछ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो ।

सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको शीर्ष नेताहरूबीचको छलफलले मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दोस्रोपटक संसद्को विश्वास प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले यही चैत १० गतेसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । तर, मन्त्रिपरिषद् विस्तार हसन सकेको छैन । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

इकागज | चैत १३, २०७९

काठमाडौं- ​मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका ...

कांग्रेस नेता सिंहको प्रश्नः आदर्श र मूल्य मान्यताको राजनीति बिर्सिएका त छैनौँ ?

इकागज | चैत १३, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान कांग्रेस ...

उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै

इकागज | चैत १३, २०७९

काठमाडौँ- वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ।...

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : कांग्रेसका उपसभापति खड्का

इकागज | चैत १२, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारूढ दलहरूका बीचमा मन्त्रालयको भागबण्डा नटु...