राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जसपाको औपचारिक निर्णय

इकागज | फागुन १३, २०७९

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।

शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिए ।

‘आठ दलको सहमति अनुसार कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ, पार्टीवाट उपराष्ट्रपति को हुने त्यो भने टुंगिएको छैन’ उनले भने ।

शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै बसेको जसपाको बैठकले समर्थन गर्ने औपचारिक निर्णय गरेको हो । कांग्रेस उम्मेदवारलाई औपचारिक रुपमा समर्थन गर्ने जसपा नेपाल पहिलो पार्टी हो । 

राष्ट्रपति उम्म‍ेद्‌वार छान्‍न कांग्रेस बैठक बस्दै : सिटौलालाई बनाउन प्रधानमन्त्रीको दबाब तर पौडेलकै सम्भावना बलियो

इकागज | फागुन १३, २०७९

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । आज बिहान साढे ८ बजेका लागि का...

एमाले उपमहासचिव ज्ञवालीले भने : प्रधानमन्त्रीले मुलुकलाई अस्थिरतातर्फ धकेल्नुभयो

इकागज | फागुन १२, २०७९

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ...

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन जनाउने सहमतिपछि विश्व प्रकाशले भने : पिजंडा अन्तत भत्कने भयो

इकागज | फागुन १२, २०७९

काठमाडौँ- आठ राजनीतिक दलबीच राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएसँगै ...

नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियतको सम्मान होस् : नेता महर

इकागज | फागुन १२, २०७९

गण्डकी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ...

नारायणकाजीले भने - कांग्रेसले दिएको विश्वासको मतलाई कदर गर्नुपर्छ

इकागज | फागुन १२, २०७९

पाल्पा - उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेसले प्रधानमन्त्रील...